ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महालेखापरीक्षक प्रतिवेदन: मन्त्रालय र सरकारी निकायको कूल बेरुजु रकम ५ खर्ब आठ करोड


admin

काठमाडौँ, २९ चैत । सबै सरकारी तथा संगठित संस्था र सार्वजनिक संस्थानको आर्थिक वर्ष २०७३÷७४ मा कूल बेरुजु रु पाँच खर्ब आठ करोड पुगेको छ ।

महालेखापरीक्षकको कार्यालयले आज राष्ट्रपति विद्यादेवी भडारीलाई बुझाएको प्रतिवेदनमा मन्त्रालय तथा सरकारी निकायकै बेरुजु भने रु ९४ अर्ब ८१ करोड ५४ लाख ४७ हजार पुगेको छ । गतवर्ष असुल फछ्र्योट गर्नु पर्ने बेरुजु तथा कारबाही गरी टुङ्गो लगाउनु पर्ने अन्य रकम रु तीन खर्ब ९६ अर्ब २६ करोड रहेको थियो ।

सबै सरकारी संस्था, वा संगठित संस्था तथा निकायको यस वर्ष सरकारी निकाय, संगठित संस्था, स्थानीय निकाय÷तह, जिल्ला विकास÷समन्वय समिति समेतको रु ४६ खर्ब ८७ अर्ब ९१ करोडको लेखापरीक्षण सम्पन्न भएको छ ।

स्थानीय तहतर्फ साविकका तीन हजार ३७४ स्थानीय निकाय र संविधानअनुसार स्थापना भएका ७४४ स्थानीय तहमध्ये ७३८ को रु एक खर्ब ८० अर्ब ३१ करोडको लेखापरीक्षणबाट रु १४ अर्ब २५ करोड अर्थात् ७.९० प्रतिशत बेरुजु कायम भएको छ । महोत्तरीका छ स्थानीय तहको भने कुनै पनि कागजात हालसम्म प्राप्त हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

सार्वजनिक संस्था, साविक जिल्ला विकास समिति र अन्य समितिको रु २७ खर्ब ५४ अर्ब ६७ करोडको लेखापरीक्षण सम्पन्न गरिएको महालेखा परीक्षकको कार्यालयले आज बुझाएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै महालेखाले २१ सार्वजनिक संस्थाको लेखापरीक्षणको लागि परामर्श उपलब्ध गराइएको छ ।

ती निकायको गत वर्षसम्मको बाँकी बेरुजु रु दुई खर्ब २२ अर्ब ५३ करोडमा यो वर्ष रु ५२ अर्ब ९१ करोड फछ्र्योट भएको छ । बाँकी रहेको रु एक खर्ब ६९ अर्ब ६२ करोडमा यो वर्षको बेरुजु रु एक खर्ब २० अर्ब ९१ करोड समेत रु दुई खर्ब ९० अर्ब ५३ करोड बाँकी रहेको छ । लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष रु १४ अर्ब नौ करोड असुल गरिएको छ ।

अर्ब बढी बेरुजु भएका मन्त्रालय 

महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपति भण्डारीलाई बुझाएको ५५ औँ प्रतिवेदनमा साविक संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको रु ११ अर्ब ३६ करोड ४३ लाख ८२ हजार बेरुजु रहेको छ ।

यस्तै शहरी विकास मन्त्रालयको रु पाँच अर्ब १२ करोड ४२ लाख २७ हजार, खानेपानी तथा सरसफाइ मन्त्रालयको रु पाँच अर्ब ७५ करोड एक लाख ३० हजार, रक्षा मन्त्रालयको रु ६ अर्ब ५९ करोड २३ लाख ८५ हजार बेरुजु रहेको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयको रु दुई अर्ब ६४ करोड २२ लाख छ हजार, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको रु छ अर्ब ५९ करोड, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको रु दुई अर्ब १२ करोड ६९ लाख ८४ हजार, सिँचाइ मन्त्रालयको रु दुई अर्ब ३१ करोड ६३ लाख ९३ हजार, शिक्षा मन्त्रालयको रु १० अर्ब ७९ करोड २९ लाख १० हजार बेरुजु रहेको छ ।

त्यसैगरी गृह मन्त्रालयको रु दुई अर्ब ३१ करोड छ लाख ६८ हजार, कृषि विकास मन्त्रालयको रु दुई अर्ब १४ करोड ९९ लाख २० हजार, ऊर्जा मन्त्रालयको रु ८० करोड २३ लाख सात हजार, आपूर्ति मन्त्रालयको रु तीन करोड ८३ लाख, वन तथा भू–संरक्षण मन्त्रालयको रु ४५ करोड ५९ लाख र साविक सूचना तथा सञ्चार मन्त्रालयको रु एक अर्ब ३७ करोड बेरुजु रहेको छ ।

उपराष्ट्रपतिको कार्यालय, महालेखा परीक्षकको कार्यालय, न्याय परिषद्को सचिवालयको भने बेरुजु शून्य रहेको छ । यस्तै विभिन्न आठ निकायको बेरुजु पनि एक प्रतिशतभन्दा तल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com