ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थबाङ आर्थिक क्रान्तितर्फ अग्रसर


admin

रोल्पा, २८ चैत । सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ ।

बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया र फरुवा बोकेर त्यहाँका कृषक आर्थिक क्रान्तिमा होमिएका हुन् ।

थबाङ गाउँपालिकाको कार्यालय रोल्पाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलुमा ब्लक (सय हेक्टर क्षेत्रफल) स्थापना गरेपछि थबाङका कृषक उत्साहित बन्दै गएका छन् । परम्परागत कृषि प्रणालीबाट माथि उठेर व्यावसायिक कृषि प्रणाली अपनाउन सके कृषकको जीवनस्तरमा सकारात्मक सुधार आउन सक्ने तथा युद्धका घाउमा मलहम लगाउन सकिने उनीहरुको धारणा छ ।

“विभिन्न राजनीतिक उतार चढाव आए पनि थबाङी जनताको वास्तविक जीवनस्तरमा तात्विक परिवर्तन नआएको हुँदा हामीले आर्थिक क्रान्ति शुरु गरेका छौँ,” थबाङ रोल्पाका अगुवा कृषक हितप्रसाद रोकाले भन्नुभयो । ४२ वर्षीय रोका थबाङमै आलु खेतीका क्षेत्रमा अगुवा कृषकको रुपमा चिनिनुहुन्छ । प

परिवारको साथ र सहयोगका कारण आफूलाई कृषि क्षेत्रमा उल्लेखनीय सहयोग पुग्दै आएको उहाँले बताउनुभयो ।

परम्परागत कृषि प्रणालीबाट हालसम्म वार्षिक ५५ क्विन्टल आलु उत्पादन गर्दै आउनुभएको रोकाले त्यसबाट करीब रु एक लाखको हाराहारीमा आम्दानी गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार समग्र थबाङी कृषकले हालसम्म परम्परागत कृषि खेती प्रणालीबाट औसतमा १५ देखि २० क्विन्टल आलु फलाउँदै आएका छन् । यसरी आलुखेती नै थबाङका अधिकांश कृषकको आयस्रोतको प्रमुख माध्यम बनेको छ ।

अबका दिनमा आधुनिक कृषि प्रणाली अपनाउन सके आलु खेतीबाट आत्मनिर्भर अर्थतन्त्रको विकास गरी बेरोजगारी समास्यासमेत समाधान हुँदै जाने देखिएको छ । यही कुरालाई मध्यनजर गर्दै आलुको सम्भाव्यता अध्ययन गरेर आफू यस क्षेत्रमा सक्रिय रहेको उहाँले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालय रोल्पा र राष्ट्रिय आलु बाली विकास खुमलटार ललितपुरबाट उन्नत आलु खेती प्रविधिसम्बन्धी तालीम र अवलोकन भ्रमणको अवसर पाएपछि आफूलाई थप ऊर्जा मिलेको रोकाले बताउनुभयो ।

“थबाङ उच्च पहाडी क्षेत्रमा पर्ने भएकाले यहाँका हावापानी कारण दुई बाली लिन सक्ने अवस्था देखिँदैन । जसका कारण हामीले मिश्रित बाली अपनाउँदै आएका छौँ,” उहाँले भन्नुभयो ।

रोकाका अनुसार सिमी, भटमास र आलु खेती एकै ठाउँमा गर्दा अर्गानिक कृषिमा रोग कीराको संक्रमण कम हुने, कोशेबालीले माटोको अवस्था या गुणस्तरमा सुधार ल्याउने भएको हुँदा यहाँका कृषकले मिश्रित खेती प्रणाली अपनाउँदै आएका छन् ।

थबाङ रोल्पाका स्थानीय युवा अमित घर्तीका अनुसार कृषकको एकोहोरो प्रयासले मात्र क्रान्ति सफल नहुने भएको हुँदा सबै क्षेत्रको साथ र सहयोगको खाँचो हुने बताउनुभयो ।

उहाँका अनुसार आलु ढुवानी तथा निर्यातका लागि विशेष पहल हुनुपर्ने देखिन्छ । बर्सातका समयमा पनि निरन्तर मोटरबाटो सञ्चालन हुन सके आलु निर्यातमा सहज हुनेछ । यसका साथै स्थानीय स्तरमा आलुका विभिन्न परिकार बनाउनका लागि सीपमूलक तालीम सञ्चालन गर्नुपर्ने तथा स्थानीय स्तरमा लघु घरेलु उद्योग स्थापना गर्न जरुरी देखिन्छ ।

यस्तै थबाङ गाउँपालिका रोल्पाका कृषि शाखा प्रमुख राजेन्द्र चौधरीले आलु ब्लक उत्पादनका लागि मिलीजुली कृषि सहकारी संस्था लिमिटेड थबाङ–१ रोल्पा छनोट भइससकेको जानकारी दिनुभयो । उहाँका अनुसार आलु खेती व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि आलु ब्लक सञ्चालन समिति गठन भइसकेको छ ।

यस वर्ष कृषकले स्थानीय जातको आलुको बीउ रोपिसकिएकाले यस क्षेत्रमा विनियोजित रु १५ लाख भण्डारणको व्यवस्थापन र ढुवानीका लागि साधन खरिद गर्नेमा खर्च गर्ने लक्ष्य लिएको छ । थबाङमा उत्पादन भएको आलु बजारीकरण हुन सक्यो भने मात्र पनि ५ नं प्रदेशलाई पुग्ने अनुमान गरिएको चौधरीले बताउनुभयो ।

वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठका अनुसार बर्षेनी ठूलो संख्यामा युवा विदेश पलायन भइरहेको र खेतीयोग्य जमीन बाँझो भइरहेको अवस्थामा यस कार्यक्रमले बेरोजगार युवालाई स्वदेशमै आत्मनिर्भर बन्न सहयोग पु¥याउने तथा उर्वर जमिनको सही सदुपयोग हुने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com