ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भर्टिकल पेस प्रदर्शनी हेर्न पाँच हजार दर्शक


admin
चैत्र २८, २०७४ बुधबार  ३ : २० बजे

काठमाडौँ, २८ चैत। सिर्जनात्मक महिला समूहले आयोजना गरेको भर्टिकल पेस नामक अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा करीब पाँच हजार दर्शकले अवलोकन गरेका छन् ।

यही चैत २४ गतदेखि मंगलबार साँझसम्म नेपाल कला परिषद्मा आयोजना गरिएको उक्त प्रदर्शनीमा नेपाल, भारत, बंगलादेश, मेक्सिको, फ्रान्स, अफ्रिका र सिंगापुरका ३६ कलाकारका ५६ चित्र समावेश गरिएको थियो ।

प्रदर्शनीमा विभिन्न मुलुकका विविध जनजीवनका संस्कृति, प्रकृति, हिमाललगायत विषयवस्तुलाई बिम्ब बनाएर सिर्जना गरिएका कला राखिएको थियो । विभिन्न किसिमका सन्देश दिने प्रदर्शनीमा भूदृश्य, मूर्त, अमूर्त चित्रले सजाइएको उक्त प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायलगायत वरिष्ठ कलाकारका चित्र थिए ।

प्रदर्शनी अवधिभर सञ्चालन गरिएको कार्यशालामा १५ वटा कला सिर्जना गरिएको छ भने त्यसलाई केही दिन पछि प्रदर्शन गरिने जनाइएको छ ।

विभिन्न मुलुकका कलाकारका अनुभव र संस्कृतिलाई आदान प्रदान गर्ने उद्देश्यले प्रदर्शनी राखिएको आयोजक संस्थाका अध्यक्ष अरुणा हिङमाङले सो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

स्वदेशी कलालाई विदेशमा प्रवद्र्धन गर्नसमेत उक्त प्रदर्शनी उपयोगी भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com