ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक वृद्धिदर ५.५ हुने एडिबीको प्रक्षेपण


abc

 

काठमाडौँ, २८ चैत । एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

आगामी आवमा मनसुन सामान्य हुने र चालु ठूला आयोजना तीव्र गतिमा अघि बढ्ने र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने संभावनामा केन्द्रित रहेर एडिबीले उक्त प्रक्षेपण गरेको हो ।

आज यहाँ सार्वजनिक भएको बैंकको प्रमुख वार्षिक प्रकाशन ‘एशियाको विकास परिदृश्य’अनुसार चालु आवमा मन्द गतिमा भएको आर्थिक वृद्धि पनि ४ दशमलव ९ प्रतिशतमा नै सीमित रहने अनुमान गरिएको छ ।

“अघिल्लो आवको तुलनमा चालु आवमा मकै र कोदोजस्ता बर्खे बालीको उत्पादन वृद्धि हुने तर औद्योगिक वृद्धिदर कम हुने अनुमान गरिएको छ,” बैंकका देशीय निर्देशक खामुदखानोभले उक्त प्रकाशनका मुख्य बुँदाबारे जानकारी दिँदै भन्नुभयो ।

प्रदेश र स्थानीय सरकारको सीमित अनुभव र क्षमता तथा संघीयताको निर्विघ्न कार्यान्वयनको चुनौतीमा केन्द्रित रहेको बताउँदै उहाँले नयाँ गठन भएका स्थानीय र प्रदेश सरकारको खर्चमा वृद्धि र कमजोर राजश्व परिचालन क्षमताका कारण बजेट घाटा बढ्ने आशंका व्यक्त गर्नुभयो । आगामी आवमा औसत मुद्रास्फीति पनि ५.५ प्रतिशत पुग्ने, विप्रेषण आयको मन्द वृद्धि र बढ्दो व्यापार घाटासहति मध्यावधिसम्म बाह्य क्षेत्रको स्थायित्व जोखिममा रहेको जानकारी पनि उहाँले दिनुभयो ।

विकास परिदृश्यअनुसार ठेक्का तथा सहकारी खेती प्रणालीमार्फत व्यावसायिक कृषिलाई व्यापक रुपमा अवलम्बन गर्दा त्यो नेपालको राजश्वका स्रोतमध्येको एक सबल स्रोत बन्न सक्ने, बाली सुधार, कृषि उत्पादनको निर्यात प्रवद्र्धन, उच्च मूल्यका अलैँची, चिया, अदुवाजस्ता नगदेबालीको विकास तथा निर्यात वृद्धि गर्न सक्ने प्रशस्त संभावना छन् । जलविद्युत् र होटल क्षेत्रमा क्रमिक रुपमा बढेको लगानीले सकारात्मक प्रतिफल दिने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

काठमाडौं, १ भदौ । दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरूको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, १ भदौ ।  नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको आज बसेको सचिवालयको बैठकले

जबराविरुद्धको महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पुर्‍याउन एमालेको माग

काठमाडौं, १ भदौ ।  नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगलाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्‍याउन माग गरेको छ । प्रतिनिधि सभाले गठन गरेको महाअभियोग सिफारिस

सम्बन्धित

नेपाल–चीन उडान एक महिना बन्द हुने

लगानी बोर्ड बैठक : पश्चिम सेतीको समझदारीपत्र स्वीकृत

‘अर्थमन्त्री शर्माको मातहतमा कुनै कर्मचारी बस्न चाँहदैनन्’

भारतले नेपाल पठाउने इन्धनमा भारी मात्रामा मूल्य घटायो

चीनलाई टक्कर दिन अमेरिकाले नेपाल सरकारसँगै नीजि क्षेत्रसँग सहकार्य गर्ने तयारी

चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...