ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष गरिने


एबीसी न्यूज

 

 पर्वत, २८ चैत । पर्वतका सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गरिने भएको छ ।

प्राकृतिक विपत्तिका कारण आइपर्ने घटनामा पीडितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गर्न लागिएको हो ।

अहिले जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिमा मात्र यस्तो कोषको व्यवस्था रहेको छ ।

वर्षायाम नजिकिँदै गर्दा जुनसुकै बेला पनि घट्नसक्ने प्राकृतिक विपत्तिका घटनामा परी पीडित हुने व्यक्ति वा समुदायलाई राहत दिनका लागि सबै स्थानीय तहमा यस्तो कोष खडा गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहका प्रमुख उपप्रमुखको संयुक्त बैठकले जिल्लाका सातवटै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको हो । प्रत्येक स्थानीय तहले आन्तरिक स्रोत व्यवस्थापन गरेर कोष खडा गर्ने भएका छन् ।

जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला, मोदी, महाशिला, पैंँयु र विहादी गाउँपालिकाका प्रमुख उपप्रमुखहरुले चालु आर्थिक वर्षमा विपद् व्यवस्थापन कोषमा रकम विनियोजन नगरेको र आगामी आर्थिक वर्षमा नगर तथा गाउँ सभाबाटै रकम विनियोजन गरेर कोष खडा गर्ने बताएका छन् ।

आ–आफ्नो तहमा कार्यपालिको सहमतिअनुसारको रकमले कोष खडा गरिने भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो ।

यस्तै सो बैठकले जिल्ला समन्वय समितिवाट प्राप्त भएको रु एक लाख रुपंैयाले तीनवटै सुरक्षा निकायलाई आवश्यक विपद् व्यवस्थापन सामाग्री खरिद गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी विपद् व्यवस्थापन कार्यविधि २०७४ अनुसार सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्ने निर्णय समेत भएको छ ।

त्यस्तै कुश्मा नगरपालिकामा रहेको बारुणयनत्रलाई तयारी अवस्थामा राख्ने र सबै गाउँपालिका र नगरपालिकाको समन्वयात्मक रुपमा सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यसैगरी चालु आर्थिक वर्षमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका तीनजना व्यक्तिको परिवारका हकवालालाई रु तीन लाख प्रदान गरिएको र आवास तथा खेतबालीमा नोक्सानी पुगेका २२ घरपरिवारलाई रु एक लाख ४४ हजार वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको व्यवस्थापन समितिको कोषबाट उक्त राहात रकम प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले जानकारी दिनुभयो ।

त्यस्तै कृषि र पशुमा प्राप्त पुनःनिर्माण राहात कार्यक्रम पनि पीडितलाई मागबमोजिम छनोट गरेर प्रदान गर्ने निर्णय समेत उक्त बैठकले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com