ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ सरकारले पनि ‘श्वेत पत्र’ जारी गर्ने


sharan sharan

बुटवल,२७ चैत ।
संघीय सरकारले जारी गरेको ‘श्वेत पत्र’ का बिषयमा प्रतिपक्षको आलोचना भै रहेका बेला प्रदेश नंं ५ को मन्त्रिपरिषद वैठकले प्रदेश नंं ५ को समग्र स्थितिबारे ‘श्वेत पत्र’ जारी गर्ने भएको छ । यही २९ गतेको प्रदेश सभा वैठकमा प्रदेश सरकारले तयार पारेको  ‘श्वेत पत्र’ जारी गर्ने निर्णय गरेको छ ।
वैठकले गाउंसभा तथा नगरसभाको कानुन निर्माण प्रकृया सम्बन्धमा बनेको विधेयक र प्रदेशको सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधि सम्बन्धमा बनेको विधेयक प्रदेश सभाको २९ गतेको वैठकमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए । यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गतको संचित कोष संचालन कार्यविधि २०७४लाई मन्त्रिपरिषद वैठकले पारित गरेको छ । केन्द्र सरकारले श्वेत पत्रका नाममा जारी गरेपनि प्रदेश सरकारले भने श्वेत पत्रलाई स्थिती पत्रको नाममा सम्बोधन गरेको छ । सरकारका प्रवक्ता चौधरीका अनुसार उक्त ‘स्थिति पत्र’ सातवटै प्रदेश मध्ये पहिलो हो । ‘स्थिति पत्र’मा प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रको तथ्यांक संकलन गरिएको र संसदबाटै सार्वजनिक गरिने प्रवक्ता चौधरीले बताए ।
प्रारम्भिक अध्ययन अनुसार प्रदेश ५ मानव विकास सूचकांकका हिसाबले चौथो स्थानमा रहेको, प्रदेश ३ सबै सूचकांकमा एक नम्बरमा र त्यसपछि प्रदेश नंं १ र ४ रहेका पाइएको स्थितीपत्रमा उल्लेख गरिएको छ । प्रदेश ५ मा ४४ लाख ५८ हजार २ सय ५३ जनसंख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com