चितवन , २६ चैत /
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा एमालेले सत्ता कब्जा गर्न लागेको आरोप लगाउनुभएको छ । पहिला पहिला माओवादीले सत्ता कब्जा गर्ने भनेर बोल्थे तर एमालेले सत्ता कब्जा गरेर देखाउन लागेको उहाँले बताउनुभयोे । प्रजातान्त्रीक बिचार समाज चितवनको २० औ साधारणसभा एवम् बिचार बहस कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले अहिलेको प्रधानमन्त्रीले सबै अविशिष्ट अधिकार आफ्नै हातमा राखेर शक्ती संन्चय गरेको र सत्ता कब्जा गरेर देशलाई धरासायी बनाउने प्रपन्ज थालेको आरोप लगाउनु भयो । प्रधानमन्त्री के पी ओलीले राष्ट्रिय अनुसन्धान बिभाग आफ्नो मातहतमा राखेको र सचिव समेत आफ्नै मान्छे राखेर गृहमन्त्री रामबहादुर थापा बादललाई पङगु बनाएको कोइरालाले बताउनुभयो ।
प्रधानमन्त्रीले सबै अविशिष्ट अधिकार आफ्नो हातमा राखेर अरुलाई पाखा लगाउन थालेको कोइरालाको दावी थियो । चुनी चुनी मान्छे पाखा लगाउने एमालेको सोच रहेको र त्यसको उदाहरण प्रधानन्यायाधीस गोपाल पराजुलीलाई न्यायपरिषद्को सचिवले पदमुक्त गरेको पत्रबाट प्रष्ट हुने उहाँले बताउनुभयो । त्यस्तै एमालेले बिस्तारै थाहा नपाउने गरी मिडियामा समेत कब्जा जमाउदै गएको कोइरालाले दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्