ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको नीति तथा कार्यक्रम आज


एबीसी न्यूज
बैशाख २८, २०८३ सोमबार  ६ : ३६ बजे

काठमाडौं, २८ वैशाख ।  सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम सोमबार संसद्मा पेस गर्दै छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी नीति वाचन गर्नेछन् । राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रमअघि दिउँसो २ बजे दुवै सदनको छट्टाछुट्टै बैठक बोलाइएको छ ।

आजैदेखि संघीय संसद्को बजेट अधिवेशन पनि सुरु हुँदै छ । प्रतिनिधिसभा नियमावलीको परिच्छेद ७ मा राष्ट्रपतिबाट सम्बोधन र नीति तथा कार्यक्रमसम्बन्धी व्यवस्था छ । बजेट अधिवेशनमा राष्ट्रपतिको सम्बोधनमा सरकारको नीति तथा कार्यक्रम उल्लेख गरेर दुवै सदनको संयुक्त बैठकमा वाचन गराइन्छ । राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा टेबुल गर्ने व्यवस्था छ ।

राष्ट्रपतिको सम्बोधनका लागि संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको प्रवक्ता एकराम गिरीले बताउनुभयो । ‘राष्ट्रपतिज्यूको सम्बोधनको व्यवस्थापकीय कार्य, अतिथि आमन्त्रणलगायत सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ उहाँले भन्नुभयो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रास्वपाको वाचापत्र अनुसारै नीति तथा कार्यक्रम निर्माण भएको बताउनुभयो। ‘हाम्रो पार्टीको वाचापत्रअनुसारै आगामी नीति तथा कार्यक्रम र बजेट आउँछ,’ उहाँले भन्नुभयो । संसद् सचिवालयले जारी गरेको प्रतिनिधिसभाको वैशाख महिनाको क्यालेन्डरमा २८ वैशाखमा नीति तथा कार्यक्रम टेबुल गर्ने, ३० गते छलफल गरेर पारित गर्ने कार्यसूची छ । बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका आठवटै अध्यादेश पेस हुने भएका छन् ।

त्यस्तै, पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त बैठक आह्वानसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ ।प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिनेछ । त्यस्तै, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिनेछ भने बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस हुनेछ । सरकारले बजेट अधिवेशनमा कम्तीमा ४५ विधेयक पेस गर्ने तयारी गरेको छ । यसका अलावा अध्यादेश प्रतिस्थापन विधेयक पनि ल्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com