ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायाधीशहरूलाई सपना प्रधान मल्लको निर्देशन: “सरकारको भय र महाअभियोगको त्रासबाट मुक्त भएर फैसला गर्नुस्” (पूर्णपाठ)


एबीसी न्यूज
बैशाख २६, २०८३ शनिबार  ७ : ५८ बजे

संविधानवाद र विधिको शासन जोगाउन कामु प्रधानन्यायाधीशको सार्वजनिक अपिल

काठमाडौँ : सर्वोच्च अदालतकी कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्याय सम्पादनका क्रममा कुनै पनि राजनीतिक शक्ति वा सरकारको प्रभावमा नपर्न न्यायाधीशहरूलाई कडा निर्देशन दिएकी छन्। ७४औँ कानुन दिवसका अवसरमा शनिबार सर्वोच्च अदालतद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले दुई तिहाइ बहुमतको सरकार वा महाअभियोगको त्रास देखाएर न्यायलाई विचलित बनाउन नसकिने स्पष्ट पारिन्।

न्यायकर्मीलाई अदम्य साहसका साथ अघि बढ्न आह्वान

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष लगायत राज्यका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा कामु प्रधानन्यायाधीश मल्लले भनिन्, ‘म हाम्रा सबै न्यायाधीशहरूलाई भन्न चाहन्छु— डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाइको सरकारको डर नै किन नहोस् वा महाअभियोगको त्रास। डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गर्दछु।’

आफू कानुन व्यवसायी हुँदादेखि नै जीवनभर विभेद र अन्याय विरुद्ध लड्दै आएको स्मरण गर्दै उनले न्यायको लडाइँ अझै बाँकी रहेको बताइन्। उनले सक्षम, स्वच्छ र सही न्यायका लागि प्रतिबद्ध भएर काम गर्न आजको दिनले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरिन्।

संविधानवाद र स्वतन्त्र न्यायपालिकाको संरक्षणमा अपिल

मल्लले वर्तमान अवस्थालाई ‘गम्भीर र कहालीलाग्दो’ चित्रण गर्दै संविधानवाद, विधिको शासन, र नागरिक हकअधिकारको रक्षाका लागि सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘यस घडीमा न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्न आम नागरिक, नेपाल बार एशोसियसन, सञ्चार जगत् र नागरिक समाज लगायत सबैलाई हार्दिक अपिल गर्दछु।’

राज्यका अंगहरूबीच ‘मधुर पुनर्मिलन’

कार्यक्रममा उनले राज्यका विभिन्न अंगहरूबीचको सहकार्य र उपस्थितिलाई ‘मधुर पुनर्मिलन’ को संज्ञा दिइन्। कानुन दिवसको यस परम्पराले राज्यका विभिन्न निकायका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै उनले राष्ट्रपति लगायत विशिष्ट अतिथिहरूको अभिभावकत्वका लागि आभार प्रकट गरिन्।

समारोहको अन्त्यमा उनले उपस्थित सबैमा कानुन दिवसको शुभकामना व्यक्त गर्दै न्यायपालिकाको गरिमा जोगाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत जनाइन्।

कामु प्रधानन्यायाधीश मल्लले व्यक्त गरेको भनाइ

म हाम्रा सबै न्यायाधीशहरुलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाइको सरकारको डर नै किन नहोस्। चाहे त्यो महाअभियोगको डर नै किन नहोस्। डर र भयबाट मुक्त भई अदम्य साहसकासाथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीहरुलाई यहीँबाट आह्वान गर्दछु। म आफ्नो जीवनभर विभेद र अन्ययविरुद्ध लडाईँ लडेँ। कानुन व्यवसायी हुँदादेखि नै।  लडाइँ अझै बाँकी नै छ। सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिवद्ध भइ काम गर्न हामी सबैलाई आजको दिनले थप प्रेरणा देओस्। 

यस गम्भीर र कहालीलाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हकअधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एशोसियसन, आम सञ्चार, नागरिक समाज लगायत सबै सरोकारवाला संस्था एवं व्यक्तिहरुलाई हार्दिक अपिल गर्दछु। 

सम्माननीय राष्ट्रपति ज्यू, उपराष्ट्रपति ज्यू, यो कार्यक्रममा हजुरहरुको अभिभावकत्वको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु। कानुन दिवसको यो विशेष दिनको अवसरमा राज्यका समस्त अंगहरुको मधुर पुनर्मिलन हुने सुखद् एवं प्रेरणादायी परम्पराले सगर्व निरन्तरता पाउँदै आइरहेको छ। यस परम्पराको आज पनि जीवन्त साक्षी बन्न पाउँदा एवं राज्यका विभिन्न अंगहरुका सम्माननीय प्रतिनिधिसँगै एकै छानामुनी उपस्थितिको अनुभूति गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ, गौरवान्वित छौँ। 

अन्त्यमा यस विशेष समारोमा सम्माननीय राष्ट्रपतिको समउपस्थितिले हामीलाई अत्यन्त गौरवको अनुभूति दिएको छ। सम्माननीय ज्यूप्रति विशेष आभार र कृतज्ञता ज्ञापन गर्दछु। साथै हाम्रो आमन्त्रणलाई स्वीकार गरि यो समारोहमा उपस्थित हुनु भएका सम्पूर्ण विशिष्ट अतिथिज्यूहरु र अथिति ज्यूहरुमा हार्दिक आभार र धन्यवाद व्यक्त गर्दै कानुन दिवसको उपलक्ष्यमा यहाँहरु सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। 

धन्यवाद। 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

संसदीय सुनुवाइमा डा. शर्माको परीक्षण आजदेखि, उजुरी खोलिँदै

सम्बन्धित

नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

फेसबुकमा सिनियर अफिसरको तस्बिर राखेर ‘तिमीहरूले मलाई मारेउ’ लेखेका बैंकर मृत भेटिए

संसदीय सुनुवाइमा डा. शर्माको परीक्षण आजदेखि, उजुरी खोलिँदै

खाडी मुलुकको आग्रहमा इरानमाथिको थप सैन्य आक्रमण रोकेँ – ट्रम्प

आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ्ने

विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com