ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन विमानस्थलमा कस्को निर्देशनमा राखियो हजार यात्रु अट्ने कुर्सी ?


एबीसी न्यूज

काठमाडौं, २५ चैत । त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ १ हजार जना यात्रु अट्ने २ सय वटा नयाँ कुर्सी राखिएको छ । आकाशमा जहाज धेरैबेर होल्ड हुँदा विमानस्थलको प्रस्थान कक्षमा यात्रुको भिड जम्मा हुने गरेको छ । यात्रुले कुर्सी पनि नपाएको गुनासो गरेपछि पर्यटनमन्त्री रविन्द्र अधिकारीको निर्देशनमा १ हजार जना यात्रु अट्ने २ सय वटा नयाँ कुर्सी राखिएको विमानस्थलले जनाएको   छ ।

सुरक्षा जाँच भैसकेर जहाज चढ्न ठिक्क परेका सयौं यात्रु उभिनु पर्ने अवस्था बाट मुक्त भएको प्रवक्ता प्रेमनाथ ठाकुरले बताउनुभयो । कुर्सी पनि नहुँदा निकै गाह्रो हुने गरेको यात्रुको गुनासो पछि पर्यटनमन्त्री अधिकारीले यात्रुलाई सहज हुने वातावरण मिलाउन निर्देशन दिनुभएको थियो ।

मन्त्री अधिकारीले आइतबार मात्रै आन्तरिक उडान कक्षतर्फ पनि २० दिनमा कम्तिमा १ सय कुर्सी राख्न निर्देशन दिनुभएको हो । अहिले त्रिभुवन विमानस्थलमा दैनिक ४ सय उडान हुने गरेका छन । औसतमा २ मिनेट ४२ सेकेन्डमा उडान र अवतरण हुने गरेको छ । अधिकारीले गएको चैत १६ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारको योजना अघि सार्नुभएको थियो ।

१८ बुँदा सार्वजनिक गर्दै मन्त्री अधिकारीले सय दिनमा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल सुधार गर्ने दाबी गर्नुभएको थियो । यस्तै, एयर ट्राफिकमा देखिएको समस्या समाधान गरी विमानस्थललाई २१ घन्टा सञ्चालन गराउने अधिकारीको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com