काठमाडौं, २५ चैत । नयाँ वर्ष २०७५ को अवसर पारेर काठमाडौंको नयाँ बसपार्कमा प्रथम नयाँ बसपार्क सडक महोत्सव आयोजना हुने भएको छ ।
नयाँ बसपार्क क्षेत्रका उद्योगी, व्यापारी, पर्यटन तथा होटल व्यवसायीहरुको संयुक्त आयोजनमा सडक महोत्सक आयोजना गर्न लागिएको हो ।
चैत ३० गतेदेखि बैशाख १ गतेसम्म चल्ने सडक माहोत्सवमा ‘सडकमै खाउ सडकमै रमाउ,’ ‘आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौ’ भन्ने नारासहित महोत्सक आयोजना गर्न लागिएको सडक महोत्सवका संयोजक बिष्णु पोख्रेलले जानकारी दिनुभयो ।
सडक महोत्सवमा आकर्षण नेपाली खानाका परिकारहरुका स्टलका साथै ख्याती प्राप्त कालकारहरुले सांस्कृतिक कार्यक्रम, दोहोरी, बिभिन्न जातजातीका सांस्कृतिक झाँकीहरुको प्रस्तुति गरिने छ ।
सडक महोत्सवमा करिब ५ लाख आन्तरिक तथा बाह्य पर्यटकहरुको सहभागिता रहने अनुमान आयोजकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्