ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिस्नु, आम्दानीको राम्रो स्रोत


admin
चैत्र २५, २०७४ आईतबार  ४ : ३० बजे

उदयपुर, २५ चैत । पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

यस पटक पनि पुसदेखि हालसम्ममा रौता मलबाँसेकी ६३ वर्षीया रत्नमाया मगरले सिस्नु बिक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गरेकी छिन् । आफूले हप्तामा तीन पटकसम्म सदरमुकाम गाईघाट झरेर रौता क्षेत्रको सिस्नु बिक्री गर्ने गरेको मगर बताउँछिन् । रौताको सिस्नु स्थानीय सामान्य होटलदेखि ठूला होटलमा पनि माग हुने गरेको छ । एक पटकमा रु तीन हजारदेखि चार हजार सम्मको सिस्नु बिक्री गर्ने गरेको उनको भनाइ छ ।

सिस्नु बिक्री गरेर नै आफूले घरमा दुई छोरी र एक छोरालाई पढाउने कामसमेत गरेको मगरको दाबी छ । मसबासेकै अर्का ६६ वर्षीया पञ्चमाया मुग्रातीले पनि पाँच वर्षदेखि निरन्तर रुपमा गाईघाट बजारमा सिस्नु बिक्री गर्दै आएकी छिन् । आफूले हिउँद महिनाभरि सिस्नु बिक्री गर्ने गरेको र हप्तामा एक–दुई पटक मात्र बिक्री गर्ने गरे पनि चार–पाँच महिनाभित्र रु ६० हजारकसम्मको कारोबार गर्ने गरेको मुग्राती बताउँछिन् । भएको एउटा छोरो सानैदेखि भारततिर लागेको र सिस्नु बिक्रीबाट दम्पतीको जीवन धानिएको उनको भनाइ छ ।

उच्च पहाडी क्षेत्रको हावापानीमा उत्पादन हुने गरेको रौताको सिस्नुको माग अहिले अधिक मात्रामा हुने गरेको छ । गाईघाट मेलिना होटलका सञ्चालक गंगाबहादुर राई भन्छन्, “होटलमा ग्राहक पनि सिस्नु र ढिँडो खान आउँछन् र आफूहरुलाई पनि सिस्नु मनपर्ने हुँदा हिउँदमा रु १५ हजारसम्मको सिस्नु खरिद गर्ने गरेको छु ।”

मुख्य गरेर त्रियुगा नगरपालिका क्षेत्रलगायत गाईघाट बजारका सर्वसाधारणदेखि होटल सञ्चालकले सिस्नु किन्न थालेपछि जिल्लाको पहाडी क्षेत्र रौताको सिस्नु व्यापार पनि ह्वात्तै बढेको सिस्नु बिक्रेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com