ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

सुनसरी-१ मा हर्क साम्पाङको फराकिलो अग्रता, पछ्याउँदै रास्वपाकी गोमा तामाङ


एबीसी न्यूज
फाल्गुन २३, २०८२ शनिबार  ६ : ०६ बजे

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार श्रम संस्कृति पार्टीका अध्यक्ष Harka Sampang ले उल्लेख्य अग्रता कायम गरेका छन्।

धरान उपमहानगरपालिकाका निवर्तमान मेयरसमेत रहेका साम्पाङ सुरुवाती चरणमा पछि परे पनि पछिल्लो गणनामा अन्य उम्मेदवारभन्दा धेरै अगाडि पुगेका छन्।

कुल १ लाख ५० हजार ३९२ मतदाता रहेको यस क्षेत्रमा ८७ हजार ८६५ मत खसेको थियो। हालसम्म ३१ हजार १६८ मत गणना हुँदा साम्पाङ १४ हजार ३५ मतसहित अग्रस्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ ८ हजार ८९० मतसहित दोस्रो स्थानमा रहेकी छन्।

यसैगरी नेकपाका सूर्यबहादुर भट्टराई ‘मनोज’ ले २ हजार २४२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का टिकराम लिम्बूले १ हजार ९४० मत पाएका छन्। नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १ हजार ४३९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धव श्रेष्ठले ५३० मत पाएका छन्। उज्यालो पार्टी नेपालका डम्बर लावती ‘जेन्टल’ ले २३५ मत प्राप्त गरेका छन्।

हालसम्म गणना भएका मतमध्ये २९ हजार ७४६ मत सदर भएको छ भने १ हजार ४२२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। साम्पाङ र निकटतम प्रतिस्पर्धी गोमा तामाङबीच ५ हजार १४५ मतान्तर रहेको छ।

सुरुवाती चरणमा तामाङको अग्रता

मतगणनाको प्रारम्भिक चरणमा रास्वपाकी गोमा तामाङले अग्रता लिएकी थिइन्। एमालेको बलियो प्रभाव रहेको र कांग्रेसको पनि राम्रो संगठन रहेको मानिएको यस क्षेत्रमा हाल दुवै दलका उम्मेदवार चौथो र पाँचौँ स्थानमा पुगेका छन्।

किन बढ्यो साम्पाङको लोकप्रियता?

२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेर धरानका मेयर बनेका साम्पाङले यसपटक पनि आफ्नो लोकप्रियता कायम राखेका छन्। उनले अघि सारेको ‘श्रम संस्कृति’ अभियान नै उनको राजनीतिक आधार बनेको देखिन्छ।

विशेषगरी धरानमा खानेपानी समस्या समाधानका लागि पकुवा, कोकाहा, सर्दु, खर्दु र भालु खोलाबाट पानी ल्याउने पहल, श्रमदानमार्फत पार्क र विभिन्न संरचना निर्माण जस्ता कार्यले स्थानीय जनतामा उनको प्रभाव बढाएको विश्लेषण गरिएको छ। साथै श्रम संस्कृति पार्क, माया धराने बेसार उद्योग र प्रस्तावित साबुन उद्योग जस्ता परियोजनाले पनि उनलाई विकासमुखी नेताको रूपमा स्थापित गरेको मानिन्छ।

भ्रष्टाचार र बेथितिविरुद्धको उनको कडा अडानलाई पनि मतदाताले सकारात्मक रूपमा लिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

रोल्पामा वर्षमान पुन विजयी

सम्बन्धित

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

रोल्पामा वर्षमान पुन विजयी

रौतहट-१ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, माधव नेपाल चौथो स्थानमा

सुनसरी-१ : हर्क साम्पाङको ५ हजार बढी मतले अग्रता

बर्दिया–१ मा रास्वपाका ठाकुरसिंह थारुको अग्रता

ब्रेकिङ: झापा–५ बाट बालेन्द्र शाहको ऐतिहासिक जित, ओली ४९ हजार ६१४ मतान्तरले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com