काठमाडौं । दैलेख निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार पोखरेलले १३ हजार ८८९ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत प्राप्त गरेका छन्।
पोखरेलको जितसँगै प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) को जित संख्या तीन पुगेको छ। यसअघि बाँके–२ र बझाङ–१ मा एमालेका उम्मेदवार विजयी भइसकेका छन्।








प्रतिक्रिया दिनुहोस्