ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यूएईमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह


एबीसी न्यूज
फाल्गुन १६, २०८२ शनिबार  ६ : २२ बजे
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न त्यहाँस्थित नेपाली दूतावास अबुधाबीले आग्रह गरेको छ। मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।

दूतावासद्वारा जारी विज्ञप्तिमा यूएई सरकार तथा नेपाली दूतावास र महावाणिज्य दूतावासले जारी गर्ने सुरक्षा मार्गनिर्देशन र आधिकारिक सूचनाहरू अनिवार्य रूपमा पालना गर्न सबै नेपालीलाई अपिल गरिएको छ। क्षेत्रीय अवस्थाका कारण सम्भावित जोखिम बढ्न सक्ने भएकाले सचेत रहन भनिएको छ।

विशेषगरी अनावश्यक आवागमन घटाउन, भीडभाड हुने स्थानबाट टाढा बस्न र अफवाहभन्दा आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न दूतावासले आग्रह गरेको छ।

आपतकालीन सूचना, परामर्श वा सहयोग आवश्यक परेमा अबुधाबीस्थित नेपाली दूतावास तथा दुबईस्थित नेपाली महावाणिज्य दूतावाससँग सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ। दूतावासले आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने फोन नम्बर र इमेल ठेगानासमेत सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

सम्बन्धित

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ४० पुग्यो

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com