ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड


एबीसी न्यूज
फाल्गुन ५, २०८२ मंगलबार   ८ : ३८   बजे

रुकुम पूर्व – नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनलाई तीन प्रवृत्तिबीचको जनमत संग्रहका रूपमा चित्रण गरेका छन् । उनले भदौ २३ र २४ गतेका घटनालाई गम्भीर रूपमा लिनुपर्ने भन्दै ‘देश जलाउने र हिंसा–दमन गर्ने दुवै प्रवृत्तिविरुद्ध सशक्त अभियान आवश्यक’ भएको बताए ।

मंगलबार रुकुम पूर्वको नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका–२ नायगाड हुँदै सदरमुकाम रुकुमकोट पुगेका प्रचण्डले पत्रकार सम्मेलनमा आफ्ना अनुभव र राजनीतिक धारणा प्रस्तुत गरे । उनले भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडासहित दुर्गम बस्तीहरूमा दुई–तीन दिनमा कठिन अभियान सम्पन्न गरेको बताए ।

भदौ २३–२४ का घटनाप्रति प्रचण्डको धारणा

प्रचण्डले भदौ २३ साँझ भएको नरसंहार र २४ गतेको आगजनी तथा विध्वंसका घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताए । “२३ गते साँझ नपुग्दै भएको नरसंहारको हामीले तत्काल विरोध गरेका थियौं । त्यसअघि पनि सरकारका नेतृत्वले गरेका कामको हामीले विरोध गर्दै आएका थियौं,” उनले भने ।

उनले सम्बन्धित पक्षले आत्मसमिक्षा गर्नुपर्नेमा ‘गल्ती भएको छैन’ भन्ने प्रवृत्ति देखिनु खतरनाक संकेत भएको जिकिर गरे । “गल्ती स्वीकार नगर्ने प्रवृत्ति देखिएको छ । यदि जनताले यसलाई बुझेन भने भविष्यमा फेरि दोहोरिन सक्छ,” उनले चेतावनी दिए ।

२४ गते भएको आगजनी तथा विध्वंसमा वामपन्थी तथा लोकतान्त्रिक दलका घरमा आक्रमण भएको उल्लेख गर्दै उनले भने, “त्यो नेपाललाई नियन्त्रणमा राख्न चाहनेहरूको इसारामा चल्ने प्रवृत्ति हो ।”

प्रचण्डले २३ र २४ गतेका दुवै गलत प्रवृत्तिविरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको बताए । “यी दुवै गलत प्रवृत्तिविरुद्ध हामी नेपाली जनतालाई सचेत गराइरहेका छौं । २३ र २४ गतेका घटना नहोस् र दोहोरिन नदिन हाम्रो पार्टी प्रतिबद्ध छ,” उनले भने ।

निर्वाचन : तीन प्रवृत्तिबीचको जनमत संग्रह

प्रचण्डले अहिले देशमा तीन प्रकारका प्रवृत्तिबीच संघर्ष चलिरहेको उल्लेख गरे । उनले भने, “देश जलाउने, हिंसा र दमन गर्ने प्रवृत्ति ; युवालाई बलिको बोका बनाएर सत्तारोहण गर्ने प्रवृत्ति ; र राष्ट्रवाद, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा उभिने प्रवृत्ति ।”

उनले यो अवस्थालाई जनमत संग्रह जस्तो भएको बताउँदै भने, “जनताले अब फैसला गर्नुपर्छ । सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रियताको पक्षमा उभिन जरुरी छ । देशको पक्षमा काम गर्न सकिएन भने फेरि दुर्घटनामा पर्न सक्छ ।”

प्रचण्डले आफू देश दुर्घटनामा नजाओस् र समाजवादको यात्रामा अघि बढोस् भन्ने संकल्पका साथ अघि बढिरहेको दोहोर्‍याए ।

निष्पक्ष निर्वाचनमा नेकपा पहिलो हुने दाबी

प्रचण्डले निर्वाचनमा ‘फिक्सिङ’ को चर्चा अस्वीकार गरे । “देशभरबाट प्राप्त रिपोर्टअनुसार निष्पक्ष निर्वाचन भयो भने नेपाली कम्युनिस्ट पार्टी पहिलो बन्छ । देश र जनताको पक्षमा काम गर्ने पार्टी नेपाली कम्युनिस्ट पार्टी नै हो,” उनले दाबी गरे ।

मतदाताको माग र प्रतिबद्धता

प्रचण्डले रुकुम पूर्वका विभिन्न स्थानमा मतदाताले विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनमा जोड दिएको बताए । “सडक सञ्जाल विस्तार, अधुरा बाटो सम्पन्न, क्रमागत योजना पूरा र पुल निर्माण गर्नुपर्ने माग आएको छ,” उनले भने ।

उनले प्राप्त ज्ञापनपत्रलाई वर्गीकरण गरी पाँच वर्षभित्र गुणात्मक काम गर्ने प्रतिबद्धता गरे ।

प्रचण्डको यो अभिव्यक्ति जेनजी आन्दोलनपछि राजनीतिक विभाजन र तीन प्रवृत्तिबीचको संघर्षलाई स्पष्ट रूपमा प्रस्तुत गरेको छ । उनले ‘देश जलाउने र हिंसा–दमन गर्ने’ दुवै प्रवृत्तिविरुद्ध आफ्नो पार्टी उभिएको दोहोर्‍याएका छन् ।

फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा प्रचण्डको यो अभिव्यक्तिले मतदातामा कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी छ । तर उनले रुकुम पूर्वलाई ‘समाजवादको नयाँ यात्राको सुरुवात’ का रूपमा प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Auto Draft

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

सम्बन्धित

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group