ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ वर्षमा नयाँ बसपार्क सडक महोत्सव


एबीसी न्यूज
चैत्र २४, २०७४ शनिबार  ९ : ०५ बजे

 

काठमाडौँ, २४ चैत ।  ‘सडकमा खाऔँ, सडकमा रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ यहाँ प्रथम नयाँ बसपार्क सडक महोत्सव हुने भएको छ ।

काठमाडौँ महानगरपालिका–२६, टोखा नगरपालिका–९, मित्रनगर विकास तथा सुधार समिति, नेपाली होटल व्यवसायी संघ, काठमाडौँ सटर व्यवसायी संघ, महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क, संयुक्त यातायात व्यवसायी संघलगायत १७ संघसंस्थाको आयोजनामा नयाँ वर्षको अवसरमा चैत ३० र वैशाख १ मा नयाँ बसपार्क सडक महोत्सव हुने मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष एवं महोत्सवका संयोजक विष्णु पोखरेलले बताउनुभयो ।
भूकम्पले जीर्ण नयाँ बसपार्क क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि महोत्सव आयोजना गर्न लागिएको बताउँदै उहाँले भन्नुभयो, “भूकम्पपश्चात् नयाँ बसपार्क क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक घटेकोे अवस्थामा पुनःनिर्माण भइसकेको र यस क्षेत्र पर्यटकीय हिसाबले उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव आयोजना गरेका हौँ। ”
महोत्सवमा सडकमै विभिन्न खाना तथा वस्तुका कक्ष रहने र ख्यातिप्राप्त कलाकारबाट लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । यस्तै राति १२ बजे पटाका पड्काएर नयाँ वर्षलाई स्वागत गरिनेछ । महोत्सव आयोजक समितिका सचिव भेषराज भट्टराईले महोत्सव सफल बनाउन आर्थिक, प्रचारप्रसार, सुरक्षा, कक्ष वितरण, ट्राफिक व्यवस्थापन, स्वयंसेवक, कलाकार तथा साउण्ड सिष्टम र अनुगमन उपसमिति बनाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com