ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको महत्पूर्ण भेटवार्ता आज


एबीसी न्यूज

काठमाडौं,२४ चैत। ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै ओली शुक्रबार भारत भ्रमणका लागि नयाँदिल्ली गएका छन् ।भारतको तीनदिने औपचारिक भ्रमणको क्रममा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज महत्त्वपूर्ण राजनीतिक भेटवार्ता गर्दैछन् ।
प्रधानमन्त्री ओलीले बिहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरमोनियल रिसेप्सनमा सहभागी हुनेछन् ।
त्यसपछि उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । राष्ट्रपतिसँगको भेटपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ओलीसँग भेटवार्ता गर्ने तय भएको छ ।

(File photo)

आज बिहान ११ बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर प्रधानमन्त्री ओलीले माल्यार्पण गर्नेछन् ।साढे ११ बजे हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने तय भएको छ ।

मोदीसँग आज औपचारिक भेटवार्ता तय भए पनि मोदीले शुक्रबार साँझ नै ओलीसँग करिब डेढ घण्टा ‘वान टु वान’ वार्ता गरेका थिए । सो वार्तापछि ओलीले नेपाल–भारतबीच असमझदारी हटिसकेको बताए भने मोदीले आफू प्रशन्न भएको प्रतिक्रिया सार्वजनिक गरे ।

शनिबार भने ओली र मोदीबीच प्रतिनिधिमण्डस्तरीय मुख्य वार्ता हुनेछ जसमा दुईपक्षीय सहयोगका विषयमा पनि छलफल हुनेछ ।
त्यसपछि सवा १२ बजे ओली र मोदीले संयुक्त रुपमा रिमोटमार्फत् वीरगञ्जस्थित एकीकृत जाँच चौकीको उदघाटन गर्नेछन् । सोही समयमा अरुण तेस्रो जलविद्युत आयोजनाको पनि संयुक्तरुपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

सो कार्यक्रमलगत्तै दुई देशका उच्च अधिकारीहरुको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन गरी सहमति वा समझादारीहरु सार्वजनिक गरिनेछ । पत्रकार सम्मेलनपछि भारतीय उपराष्ट्रपति, गृहमन्त्रीलगायतसँग शिष्टाचार भेटवार्ताको समय निर्धारण गरिएको छ ।

यसैगरी शनिबार साँझ नै प्रधानमन्त्री ओलीलाई इण्डिया फाउन्डेसनको कार्यक्रममा नागरिक अभिनन्दन गर्ने र सो कार्यक्रमलाई सम्वोधन गर्ने तय भएको छ ।

आइतबार भने ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको अवलोकन भ्रमणमा जानेछन् जहाँ ओलीलाई विश्वविद्यालयले विद्यावारिधीको मानार्थ उपाधिले विभूषित गर्नेछ । ओली आइतबार साँझ नै स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com