ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीका ८ जिल्लामा एमाले–प्रलोपा चुनावी तालमेल, हुम्ला र जुम्ला बाहिर


एबीसी न्यूज
माघ ११, २०८२ आईतबार   ४ : ४७   बजे

काठमाडौं, माघ ११

कर्णाली प्रदेशका आठ जिल्लामा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। कर्णालीका १० जिल्लामध्ये हुम्ला र जुम्ला बाहेकका जिल्लामा दुवै दलबीच तालमेल कायम गर्ने समझदारी बनेको हो।

सहमति अनुसार सल्यानसहित साविक राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेका उम्मेदवारलाई समर्थन गर्नेछ। यस्तै, रुकुम पूर्व र रुकुम पश्चिममा एमालेले प्रलोपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ। हुम्ला र जुम्ला बाहेकका कर्णालीका सबै जिल्लामा प्रलोपाले एमालेको चुनाव चिह्नमा मतदान गर्ने व्यवस्था गरिएको छ।

हुम्लामा भने एमालेबाट दल फडेरा र प्रलोपाबाट जटिल कार्की उम्मेदवार छन्। यस जिल्लामा कांग्रेसका जयपति रोकाया, नेपाली कम्युनिस्ट पार्टीका डा। दीपेन्द्र रोकाया, राप्रपाका छक्क बुढा र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी टासी ल्हान्जोम पनि चुनावी प्रतिस्पर्धामा छन्।

सम्बन्धित सहमति पत्रमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपा अध्यक्ष परिषद सदस्य दुर्गा सोबले हस्ताक्षर गरेका छन्।

त्यसैगरी जुम्लामा एमालेका शान्तिलाल महत र प्रलोपाका मनऋषि धिताल उम्मेदवार बनेका छन्। जुम्लामा कांग्रेसका दीपबहादुर खत्री, नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारी, राप्रपाका ज्ञानेन्द्रबहादुर शाही, रास्वपाकी विनिता कठायत, नेकपा माओवादीका बिर्खबहादुर शाही र नेमकिपाका बिर्ख रावतसहितका उम्मेदवारहरू चुनावी मैदानमा छन्।

कर्णाली प्रदेशमा सल्यान, सुर्खेत, रुकुम पश्चिम, जाजरकोट, दैलेख, डोल्पा, जुम्ला, कालिकोट, मुगु र हुम्ला गरी १० जिल्ला रहेका छन्। एमाले–प्रलोपा तालमेलले कर्णालीको चुनावी समीकरण थप रोचक बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group