ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभा सदस्यको चुनाव आज: बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान


एबीसी न्यूज

काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्यको चुनाव आज हुँदैछ । बिहान ९ बजेदेखि मतदान शुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान दिउँसो तीन बजेसम्म हुनेछ ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ ।उनीहरूमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक बाहेक १८ पदमा चुनाव हुन लागेको हो । १८ मध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भैसकेकाले आज १७ पदका लागि चुनाव हुँदैछ ।

सातवटै प्रदेशका मतदान केन्द्रमा मतदान हुनेछ । यसका लागि तयारी पूरा भएको छ ।कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको छ ।त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुनेछ ।राष्ट्रिय सभा सदस्यको चुनावमा प्रदेश सभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । केही प्रदेश सभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्षले राजीनामा दिई आउँदो फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट उनीहरूको नाम हटाएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । चुनावमा भागबन्डा गरेर नेपाली कांग्रेसले ९ र एमालेले ८ सिटमा उम्मेदवारी दिएका छन् । बाँकी एउटा पदमा कांग्रेस र एमालेले लोसपाका महन्थ ठाकुरलाई समर्थन गरेका छन् ।भागबन्डा नमिलेपछि नेकपाले एकल उम्मेदवारी दिएको छ । कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २–२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा सुरु भयो मतदान

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

सम्बन्धित

राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा सुरु भयो मतदान

रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट, २८ वर्षीय युवकको मृत्यु

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली

एमालेले जनतालाई प्रश्न सोधेर भोट माग्ने रणनीति के हो ? : रणनीतिकार विष्णु रिमालसँगको विस्तृत व्याख्या (भिडियो )

बालेन्द्र :पाथीभरा दर्शनदेखि ‘मालपानी’ हुँदै ‘टेस्ला कार’ काण्ड !

मधेसका मुद्दा सिंहदरबारमा फरक ढंगले गुञ्जिन्छन् : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com