ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनकुटा पुगे बालेन, पैदल यात्राको कार्यक्रम तय गरिएपनि शाह सवारीबाट ओर्लिएनन्


एबीसी न्यूज
माघ १०, २०८२ शनिबार  ८ : ३७ बजे

काठमाडौं, १० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले धनकुटा सदरमुकाम सवारीबाटै परिक्रमा गर्दै फर्केका छन् ।

शनिबार धनकुटाको भीमनारायण चोकबाट पैदल हिँड्दै मदन चोकसम्म मतदाता र समर्थकसँग भेट्ने कार्यक्रम तय भएको थियो ।तर, अन्तिम समयमा कार्यव्यस्तताका कारण स्थगन गरिएको जिल्ला पार्टी कार्यालयले जनाएको छ ।भीमनारायण चोकमा उनले गाडीबाट नओर्ली झ्यालबाटै केही बेर कार्यकर्ता र समर्थकसँग हात मिलाएका थिए । रास्वपा धनकुटाले बालेनको आगमनलाई लिएर केही दिनअघिदेखि प्रचार गरे पनि उनी सदरमुकाममा गाडीबाट ओर्लिएनन् ।दिउँसो २ बजे बजार परिक्रमा गर्ने कार्यक्रम तय भए पनि विराटनगरमा आयोजना गरिने आमसभामा सहभागी हुनुपर्ने भएकाले कार्यक्रम स्थगन गरिएको रास्वपा धनकुटाका अध्यक्ष बालनन्द दाहालले जानकारी दिए ।उनका अनुसार, आसन्न निर्वाचन अघि कुनै एक दिन बालेनको प्रमुख आतिथ्यतामा धनकुटामा आमसभा आयोजना गरिनेछ ।

बालेनले फेरि आउने प्रतिबद्धता व्यक्त गरेको दाहालले बताए । यसअघि उनले इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुमका विभिन्न क्षेत्रमा पुगेर समर्थकलाई भेट गरेका थिए । शनिबार बिहान धनकुटा सदरमुकाम आउनुपूर्व बालेनले हिले बजारमा भने केही समय पैदल हिँड्दै समर्थक र मतदातासँग भेटघाट गरेका थिए ।झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका शाह त्यस आसपासका जिल्लामा चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।

जिल्लास्तरिय कार्यकर्ताले सामाजिक सञ्जालमा पाख्रिबास बजार र धनकुटा बजारमा व्यापक प्रचार गरिएको थियो ।पाख्रिबासको कार्यक्रमको तयारी पूरा भएपनि शाह पाख्रिबास नै गएनन् । यस्तै, धनकुटाको भीमनारायण चोकबाट मदन चोकसम्म पैदल यात्राको कार्यक्रम तय गरिएपनि शाह सवारीबाट ओर्लिएनन् ।बिहीबार रास्वपा धनकुटाका कार्यकर्ताले शुक्रबार र शनिबार धनकुटामा बालेन आउने कार्यक्रमको प्रचार गरेका थिए ।

यस्तै शुक्रबार फेरि उनै कार्यकर्ताले शनिबार बिहान १० बजेको कार्यक्रम सुरु हुने प्रचार गरेका थिए ।केही समयपछि तीनै कार्यकर्ताले कार्यक्रम दिउँसो २ बजेको सुचना सामाजिक सञ्जालमा जारी गरेका थिए । तर, सूचना जारी गर्ने कार्यकर्ता नै शाह धनकुटा आउँदा कार्यक्रम कताबाट के हुने भन्ने बारेमा अनभिज्ञ रहेका थिए ।रास्वपा धनकुटा सभापति दाहालले शाहको विशेष कामले विराटनगर नपुगी नहुने भएकाले धनकुटाको कार्यक्रम रद्द भएको जानकारी दिए । बालेन केहीबेरअघि इटहरी पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

कहिलेदेखि वाशिङ्टन पाकिस्तान आउन थाल्यो ? के के गर्यो ? (संक्षेपमा)

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com