ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सानो पाइला सहकारीको बचत ठगी : रविसँग अदालतले माग्यो एक करोड धरौटी


एबीसी न्यूज
माघ ६, २०८२ मंगलबार  ४ : २१ बजे

काठमाडौं, ६ माघ । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ।

मंगलबार रविले चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराइरहँदा न्यायाधीश रूद्रप्रसाद सुवेदीको एकल इजलासले एक करोड धरौटी माग्ने आदेश गरेको तहसिलदार देवराज भट्टराईले बताए ।

मंगलबार थुनछेक बहस सकिएपछि यो आदेश भएको हो। सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलिरहेको छ।

पर्सास्थित सानोपाइला सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा लामिछाने र उनका फरार साझेदार गितेन्द्रबाबु राई (जीबी) सहित १४ जनाविरूद्ध २०८१ मंसिरमै मुद्दा अघि बढेको थियो ।

जिल्ला अदालत पर्साले त्यसबेला पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राई र रामबहादुर खनालसहितविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूविरूद्ध सानोपाइला सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ अनुमति मागेको थियो ।

जीबी राईले खोलेका काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको स्वर्णलक्ष्मी, भरतपुरको सहारा र पर्साको सानोपाइला सहकारीमा करोडौं रुपैयाँ ठगी भएको छ।

पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा जीबी, रवि र छविसहितविरुद्ध ४३७ जनाले जाहेरी दिएका थिए ।

उक्त सहकारीको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेको थियो। त्यही ठगीको मुद्दामा पर्सा अदालतले आदेश दिएको हो ।

सानोपाइला सहकारी ठगीमा मुख्य आरोपी जीबी, छवि, रवि र कुमार रम्तेल हुन्। रम्तेल अहिले कास्की जेलमा छन् । उता जीबी मलेसियामा लुकेको बताइए पनि फेला परेका छैनन् ।

यता पक्राउ परेकाहरूलाई काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा नेपाल, पोखराको सूर्यदर्शन र रुपन्देहीको सुप्रिम सहकारी ठगीमा मुद्दा चलेको छ । अब पाँचौँ सहकारी ठगी प्रकरणमा रविलाई करोड धरौटी मागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हङ्गेरी निर्वाचन : ओरबानको १६ वर्षे शासनको अन्त्य, पीटर माग्यारको दललाई दुई तिहाई बहुमत (एक्सप्लेनर)

मन्त्रीहरूको सम्पत्ति स्रोत : पारदर्शिता कि प्रश्न ?

सम्बन्धित

राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्–धनी बन्न पाइन्छ, तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस्

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com