काठमाडौं, ३० पुस । माघे संक्रान्ति नेपालीहरुको घरआँगनमा आएसँगै यतिबेला चाकु, पुष्टकारी खुवासहितका स्थानीय रैथाने मिठाइहरुको माग ह्वात्तै बढेको छ ।
माग बढेसँगै माघे संक्रान्तिलाई लक्षित गरेर अहिले चाकुसहित त्यस्ता मिठाइहरु बनाउन भ्याइ नभ्याइ छ । चाकु, पुष्टकारीसहितका मिठाइहरु अरु बेलामा पनि उत्पादन हुने गरेपनि खासगरी माघेसंक्रान्तिमा धेरै मागसँगै विक्री हुने गरेको छ । माग बढ्दा उद्योगी व्यवसायीहरुलाई चाकु, पुष्टकारी सहितका मिठाइहरु बनाउन भ्याइनभ्याइ छ । खासगरी काठमाडौंको टोखास्थित न्हुछे टोखा चाकु उद्योगका सञ्चालक राजकाजी श्रेष्ठले टोखा क्षेत्रमा अहिले चाकुसहितका यस्ता मिठाइ बनाउन भ्याइ नभ्याइ रहेको बताए ।
उत्पादन गरेका मिठाइहरु राजधानीसहित देश विदेशसम्मै विक्री हुने गरेको उद्योगी श्रेष्ठ बताए । टोखा चाकु उद्योगका सञ्चालक श्रेष्ठ चाकु पुष्टकारीहरुको माग अत्याधिक रहेको र धान्न कठिन भइरहेको बताए । टोखा चाकु उद्योगका सञ्चालक श्रेष्ठले भन्नुभयो–‘चाकु उत्पादन पोहोर सालभन्दा बढी उत्पादन गरिरहेका छौँ । प्रत्येक वर्ष उत्पादन बढिरहेको छ । ५० किलोको ७–८ सय बोरा उत्पादन गरियो । बाउ बाजेको पालादेखि चाकु उत्पादन गर्ने गरिएको थियो । खुबा चाकुलाई धेरै रुचाउने गरिएको छ । राम्रो सफा सख्खबाट बनाएकाले चाकुसहित पुस्टकारीहरु पनि रुचाउने गरेका छन् । उत्पादित चाकु विदेशतिर पनि जाने गरेको छ । चाकु किलोको १५० रुपैँया सम्ममा बेच्ने गरिएको छ ।
चाकुको व्यापार माघमा मात्रै नभइ अरु बेला पनि हुने गरेको छ । यद्यपी वर्षभरीमा माघलाई धेरै लक्षित गरेर चाकु उत्पादन गर्ने गरिएको छ । मागअनुसार उत्पादन गर्न गाह्रो परिरहेको छ । स्थानीय उत्पादन खुवा, चाकुलाई सरकारले खासै वास्ता गरेको छैन । मौलिक हिसाबले बनाइएको छ । चाकु पहिले हातले बनाउने गरेकोमा अहिले हात–मेसिन दुवैबाट बनाइने गरिएको छ ।’ मर्हजनका अनुसार चाकु बनाउँदै गर्दा बजारमा राम्रो मूल्य पाउन भने सकेको छैन । सख्खर पोहोर साल भन्दा बोरोमा ७/८ सय बढेर आएको छ । यसले उद्योगहरुलाई फाइदा छैन । उखु खेती गर्ने किसानहरुलाई राम्रो फाइदा भएको उन बताए ।









प्रतिक्रिया दिनुहोस्