ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित


एबीसी न्यूज

काठमाडौं, २९ कात्तिक । भारतको बिहार राज्यको विधानसभा चुनावको सबै २४३ सिटको नतिजा भारतको निर्वाचन आयोगले सार्वजनिक गरेको छ । यो पटक पनि सत्तारुढ गठबन्धन एनडीएले कुल २०२ सिट जित्दै शानदार जित हासिल गरेको छ । भारतीय जनता पार्टी (भाजपा) ८९ सिट जितेर सबैभन्दा ठूलो दल बनेको छ । यसको गठबन्धन साझेदार जनता दल (युनाइटेड)ले ८५ सिट प्राप्त गरेको छ । विपक्षी राष्ट्रिय जनता दल (आरजेडी)ले २५ सिट मात्र जितेको छ ।
लोक जनशक्ति पार्टी (रामविलास)ले १९, भारतीय राष्ट्रिय कांग्रेसले ६, अल इंडिया मजलिस–ए–इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम)ले पाँच, हिन्दुस्तानी अवाम मोर्चा (समाजवादी)ले पाँच, राष्ट्रिय लोक मोर्चाले चार, सीपीआई (एमएल) लिबरेसनले दुई, इन्डियन इन्क्लुसिभ पार्टीले एक, सीपीआई (एम)ले एक र बीएसपीले एक सिट प्राप्त गरेको छ । विहारमा प्राप्त गरेको जिपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार विधानसभा चुनावमा सत्तारुढ एनडीएको ऐतिहासिक जितलाई ‘वंशवादविरुद्ध विकास–प्रधान राजनीतिको विजय’ भनेका छन् । उनले यस सफलताले पश्चिम बंगालमा भाजपाको जितको लागि पनि मार्ग प्रशस्त गरेको बताएका छन् ।मोदीले बिहारका मतदाताहरूले दिएको जनादेशले अब राज्यमा ‘जंगल राज’ कहिल्यै फिर्ता नआउने स्पष्ट संकेत दिएको बताए । उनले यसलाई देशभरि विकासको एजेन्डा अगाडि बढाउने राजनीतिको बलियो उदाहरणको रूपमा प्रस्तुत गरेका छन् ।प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै विहारमा महिला र युवाका कारण उनको गठबन्धनले जितेको बताएका छन् ।
तर, भारतका विपक्षी कांग्रेस नेता राहुल गान्धीले बिहारको नतिजा आश्चर्यजनक रहेको बताउँदै लोकतन्त्र बचाउने प्रयास जारी राख्ने बताएका छन् ।“बिहारका लाखौँ मतदाताहरूलाई मेरो हार्दिक आभार, जसले महागठबन्धनप्रतिको आफ्नो विश्वास व्यक्त गरे । बिहारको यो नतिजा साँच्चै आश्चर्यजनक छ,” सामाजिक संजाल एक्समा गरेको एक पोष्टमा उनले भनेका छन्, “सुरुदेखि नै अनुचित रहेको एउटा चुनावमा हामी विजयी हुन सकेनौँ । यो लडाइँ संविधान र लोकतन्त्रको संरक्षणको लागि हो । कांग्रेस पार्टी र इन्डिया गठबन्धनले यस नतिजाको गहिरिएर समीक्षा गर्नेछ । र, लोकतन्त्र बचाउने प्रयासलाई अझ प्रभावकारी बनाउनेछ ।”कांग्रेस सांसद तारिक अन्वरले चुनावअगाडि मानिसहरूको खातामा दश हजार रुपैयाँ पैसा पठाएर उनीहरूलाई प्रभावित गरेर मत लिने काम गरेको बताएका छन् । उनले मतहरू किनबेच गरिएको र यो लोकतन्त्रको लागि खतरनाक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com