ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कुरा काटेको निहु’मा एकल महिलालाई पाँच लाख जरिवाना, पेमाले गाउँ छाडिन्


abc tv
कार्तिक २७, २०८२ बिहीबार   १० : १४   बजे

गोरखा । चुमनुब्री गाउँपालिकाको वडा नम्बर २ लोकी एकल महिला पेमा लामा गाउँ नै छाडेर हिड्न बाध्य भएकी छन् । गत शनिवार गाउँमा कुटिएपछि पेमा सुरक्षा खोज्दै एकघण्टाभन्दा बढीटाढा हिडेर ली गाउँमा आश्रय लिन पुगेकी छन् । लीमा उनको बहिनीको घर छ ।

शनिवार आमा कुटिएपछि गाउँमा सुरक्षा नभएको र धाकधम्की बारम्बार आउन थालेपछि आमाले गाउँ छाडेको कर्मा नोर्साङ लामाले बताए । कर्मा पेमाका छोरा हुन् । उनले भने, “आमा ली भन्ने गाउँमा गएर बस्नुभएको छ ।”

पेमाका श्रीमान कोरानाका बेला बितेका थिए । उनी एकल महिला हुन् ।

गाउँबासीले कानुन विपरित जरिवाना गरेकी पेमामाथि शनिवार खुर्पा प्रहार भएको थियो । ४८ वर्षीया पेमालाई गाउँलेको गरेको निर्णयविपरित जिल्ला प्रशासन कार्यालय गोरखामा उजुरी दिएको भन्दै शनिवार आक्रमण भएको थियो ।

पेमालाई गाउँकै एक महिलामाथि विभिन्न झुटो आरोप लगाएको भन्दै २०७८ माघ २१ गते ६ लाखदेखि १० लाखसम्म तिराउने स्थानीयले निर्णय गरेका थिए । उनको असहमतिबीच पनि दबाब र धम्की दिएपछि पाँच लाख तिरेकी थिइन् ।

कानुन विपरित तिराएको पाँच लाख तिरेपछि पनि स्थानीयले झुठा आरोप र लान्छना लगाउन नछोडेपछि आफन्त र शुभचिन्तकको सल्लाहमा पेमाले जिल्ला प्रशासन कार्यालय गोरखामा उजुरी दिइकी थिइन् ।

दुई महिना अगाडि उजुरी गरेपनि हालसम्म न्याय पाउन नसकेको र उल्टै गाउँका अगुवाहरुबाटै डर र धम्की खेप्नुपरिरहेको गुनासो उनको छ ।

जिल्ला प्रशासन कार्यालयले यसबारे दुबै पक्षलाई राखेर छलफल गरी कानुनी कारबाहीमा जाने वा सहमतिमा विषय टुङ्गाउने भन्ने निर्णय गर्ने आश्वासन दिएको थियो ।

तर, पेमाले गाउँ नै छाडेर हिड्नुपर्ने स्थिति आउँदासमेत उनले न्याय पाउन सकेका छैनन् । गाउँलेले पाँच लाख नगद फिर्ता र माफी नमागे पीडितले किटानी जाहेरी दिने तयारी गरेका छन् ।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भने दुवै पक्षलाई राखेर मिलाउने र नगद फिर्ता गर्ने विषयमा छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group