ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कुरा काटेको निहु’मा एकल महिलालाई पाँच लाख जरिवाना, पेमाले गाउँ छाडिन्


abc tv
कार्तिक २७, २०८२ बिहीबार  १० : १४ बजे

गोरखा । चुमनुब्री गाउँपालिकाको वडा नम्बर २ लोकी एकल महिला पेमा लामा गाउँ नै छाडेर हिड्न बाध्य भएकी छन् । गत शनिवार गाउँमा कुटिएपछि पेमा सुरक्षा खोज्दै एकघण्टाभन्दा बढीटाढा हिडेर ली गाउँमा आश्रय लिन पुगेकी छन् । लीमा उनको बहिनीको घर छ ।

शनिवार आमा कुटिएपछि गाउँमा सुरक्षा नभएको र धाकधम्की बारम्बार आउन थालेपछि आमाले गाउँ छाडेको कर्मा नोर्साङ लामाले बताए । कर्मा पेमाका छोरा हुन् । उनले भने, “आमा ली भन्ने गाउँमा गएर बस्नुभएको छ ।”

पेमाका श्रीमान कोरानाका बेला बितेका थिए । उनी एकल महिला हुन् ।

गाउँबासीले कानुन विपरित जरिवाना गरेकी पेमामाथि शनिवार खुर्पा प्रहार भएको थियो । ४८ वर्षीया पेमालाई गाउँलेको गरेको निर्णयविपरित जिल्ला प्रशासन कार्यालय गोरखामा उजुरी दिएको भन्दै शनिवार आक्रमण भएको थियो ।

पेमालाई गाउँकै एक महिलामाथि विभिन्न झुटो आरोप लगाएको भन्दै २०७८ माघ २१ गते ६ लाखदेखि १० लाखसम्म तिराउने स्थानीयले निर्णय गरेका थिए । उनको असहमतिबीच पनि दबाब र धम्की दिएपछि पाँच लाख तिरेकी थिइन् ।

कानुन विपरित तिराएको पाँच लाख तिरेपछि पनि स्थानीयले झुठा आरोप र लान्छना लगाउन नछोडेपछि आफन्त र शुभचिन्तकको सल्लाहमा पेमाले जिल्ला प्रशासन कार्यालय गोरखामा उजुरी दिइकी थिइन् ।

दुई महिना अगाडि उजुरी गरेपनि हालसम्म न्याय पाउन नसकेको र उल्टै गाउँका अगुवाहरुबाटै डर र धम्की खेप्नुपरिरहेको गुनासो उनको छ ।

जिल्ला प्रशासन कार्यालयले यसबारे दुबै पक्षलाई राखेर छलफल गरी कानुनी कारबाहीमा जाने वा सहमतिमा विषय टुङ्गाउने भन्ने निर्णय गर्ने आश्वासन दिएको थियो ।

तर, पेमाले गाउँ नै छाडेर हिड्नुपर्ने स्थिति आउँदासमेत उनले न्याय पाउन सकेका छैनन् । गाउँलेले पाँच लाख नगद फिर्ता र माफी नमागे पीडितले किटानी जाहेरी दिने तयारी गरेका छन् ।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भने दुवै पक्षलाई राखेर मिलाउने र नगद फिर्ता गर्ने विषयमा छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

सिरहामा गोली प्रहार गरी युवकको हत्या

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com