काठमाडौं, १९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आजदेखि सुरु हुने भएको छ । चितवनको सौराहामा बस्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ । बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टी सचिवालयले जनाएको छ । बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ । बैठकमा देशैभरीबाट ५ सय जनाहरू आउने भनिएको छ । केन्द्र, प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि साथीहरू सहभागीता छ । बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्