ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन विश्वविद्यालय धुम्रपान निषेधित क्षेत्र


admin
चैत्र २३, २०७४ शुक्रबार   ९ : ०६   बजे

काठमाडाँ, २३ चैत त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय, महाशाखा, विभाग, अध्ययन संस्थान, डीन कार्यालय, आङ्गिक क्याम्पस र मातहतका निकायमा धुम्रपान निषेधित क्षेत्र तोक्न परिपत्र गरेको छ ।

त्रिवि सामान्य प्रशासन महाशाखाले यही चैत १६ गते पत्र पठाई सबै निकायलाई सो व्यवस्थाका लागि निर्देशन गरेको हो ।बाँकेका नमस्कार शाह, मन भण्डारी, हेमराज भट्ट र प्रतिक्षा गिरीले गत चैत्र १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरी ‘हेलो सरकार’ मा विश्वविद्यालयलाई धुम्रपान निषेधित क्षेत्र बनाइयोस् भन्ने उजुरी दर्ता गरेपछि जनगुनासो व्यवस्थापनका लागि विश्वविद्यालयले सो निर्देशन गरेको हो ।

उजुरीमा सरकारले सिंहदरबारभित्र खैनी चुरोट बोकेर प्रवेश निषेधको नियम लागु गरिसकेको तर त्रिभुवन विश्व्विद्यालयको केन्द्रीय कार्यालय परिसरमा थुप्रै विद्धानहरू धुम्रपान गरेर बसिरहेको भेटिने गरेको र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरको क्यान्टिनबाट खुलेआम चुरोट बिक्री वितरण भइरहेको पाइएको उल्लेख छ ।

सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन २०६८ ले सार्वजनिक स्थलमा धुम्रपान निषेध गरेको, शिक्षण संस्था र त्यसको १०० मिटर वरपर धुम्रपान गर्न, सूर्तिजन्य पदार्थ बेचविखन गर्न रोक लगाएको भएपनि त्रिभुवन विश्वविद्यालयमा यो कानुनको पालना भएको भनी गुनासो गरिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हेलो सरकारको अनलाइन पोर्टलमार्फत त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित सबै निकायका सम्बन्धमा आएका जनगुनासा त्रिवि केन्द्रीय कार्यालयमा पठाउँदै आएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखामा रहेको हेलो सरकार डेक्सबाट जनगुनासो व्यवस्थापनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने गरिएको नोडल अधिकृत रेणु श्रेष्ठले बताउनुभयो ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group