ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यू-१९ का कप्तान अर्पण कार्की माल्दिभ्सको क्लब जेजे स्पोर्टसमा आबद्ध


admin

काठमाडौं, २२ चैत । नेपाली यू–१९ राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर अर्पण कार्की माल्दिभ्सको क्लब जेजे स्पोर्टससँग आबद्ध भएका छन्।

आगामी ९ अप्रिलबाट सुरु हुने माल्दिभ्सको दोस्रो डिभिजनको लिग खेल्नका लागि उनी माल्दिभ्सको राजधानी माले पुगिसकेका छन्। अहिले उनलाई प्रशिक्षणमा सहभागी गराईएको छ ।

अर्पणले माल्दिभ्समा गएर लिग खेल्न पाउँदा आफ्नो खेल करिअरले उचाइ लिने विश्वास गरेका छन्। ‘अनुभव र केही नयाँ सिक्नका लागि यहाँ आएको हुँ’,अर्पणले भने, ‘जेजे स्पोर्टसले मलाई ठूलो मौका दिएको छ। यहाँ आउँदा आफूलाई भाग्यमानी ठानेको छु।’

दोस्रो डिभिजनको लिग सिजन २ महिनासम्म चल्नेछ। लिगमा अर्पण आबद्ध जेजे स्पोर्टससँगै ९ वटा क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछन्। उनी सिजनभरिका लागि आबद्ध भएका हुन्। सम्झौता रकम भने खुलाइएको छैन।

अघिल्लो सिजन नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङले पनि माल्दिभ्सको पहिलो डिभिजनको क्लब टिसी स्पोर्टसबाट खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश

काठमाडौं, १५ जेठ  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई

आइतबार ४ बजे बजेट भाषण, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

काठमाडौं, १४ जेठ । आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमासम्वन्धी विषय संवेदनशील रहेको भन्दै वार्ता र संवादबाट समाधान गरिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ

सम्बन्धित

बालेन साहको सपथग्रहण सोमबार मात्र

विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा

आज गणतन्त्र दिवस : लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन

ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत

अर्थतन्त्र संकटमा छ,आयात प्रतिस्थापन गर्नैपर्छ : गगन थापा

दाङमा गोली लागेर एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...