ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७८ जना ओलीको पक्षमा, २२ जना तत्काल नेतृत्व परिवर्तनको पक्षमा र २८ जना तटस्थ


एबीसी न्यूज

काठमाडौं, ३० असोज । नेकपा एमालेका बहुमत केन्द्रीय सदस्यहरूले देश अनिश्चय र संकटको भूमरीमा रहेको बेला पार्टीको नेतृत्व परिवर्तन गर्न नहुने बताएका छन् । केही सदस्यले देशमा घटेको घटनाको जिम्मा लिँदै अध्यक्ष केपी शर्मा ओलीने नेतृत्व छाड्नु पर्ने तर्क गरेका छन् ।

बुधबार शुरू भइ बिहीबार चलिरहेको बैठकमा बोल्ने बहुसंख्यक केन्द्रीय सदस्यहरू तत्काल नेतृत्व परिवर्तनको पक्षमा नदेखिएका हुन् । बिहीबार साढे २ बजेसम्म ७८ जनाले ओलीको पक्षमा बोलेका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

२२ जनाले तत्काल ओलीले राजीनामा गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका छन् । उनीहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा स्वागत गर्नुपर्ने समेत राय राखेका छन् ।

२८ जना केन्द्रीय सदस्यहरूले तटस्थ तर्क राखेका छन् । उनीहरूले नेतृत्व परिवर्तन महाधिवेशनबाट मात्र गर्नुपर्ने धारणा राकोको ती केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए ।

वर्णानुक्रम अनुसार ‘ज्ञ’बाट शुरू भएको बोल्ने क्रम ‘न’मा आइपुगेको छ । १३ जना केन्द्रीय सदस्य अनुपस्थित रहेका छन् ।

सोम मिश्र, सिवा सुन्दास, सरिता न्यौपाने, शर्मिला कार्की, विषमलाल राजवंशी, विद्या भट्टराई, रामनाथ साह, रामअवतार यादव, रविन कोइराला, रमेश पौडेल, रचना खड्का, मीना कुमारी गुरूङ, माधव अर्याल, ममता गिरी, मन्जुदेवी गुरुङ, भीम बहादुर कार्की, प्रभा बराल, प्रकाश बहादुर शाह, पेम्बा लामा पर्शुराम अधिकारी, नवीना लामा, नरदेवी पुन र दीपा शर्माले तत्काल नेतृत्व परिवर्तन गरेर जानु पर्ने धारणा राखेका छन् ।

हेमराज राई, हरि उप्रेती, हर्कबहादुर राई, सुशील श्रीवास्तव, सुवास देवकोटा, सीपी घर्ती, सिवा न्यौपाने, सावित्रा राना, सरोज नेपाल, सरिता गिरी, श्रीप्रसाद साह, शिवराज सुवेदी, लीलाधर भट्ट, रेखाकुमारी झा, रामेश्वर रानामगर, राम राना, राजेन्द्र कुमार राई, रामबहादुर बुढा क्षेत्री, रञ्जना सरकार, युवराज बास्कोटा, यज्ञराज सुनुवार, मोहमद शामेर, मनोज जंग थापाले तटस्थ तर्क राख्दै महाधिवेशनबाट निकाश खोज्नुपर्ने बताएका छन् ।

यस्तै भगवती क्षेत्री थापा, भगवती चौधरी, बालसिंह काउछा, बाबुराम थापा नारायण सिलवालले पनि महाधिवेशनबाट निकाश खोज्नुपर्ने धारणा राखेका थिए ।

हरि राजवंशी, हरिकृष्ण व्यञ्जनकार, हरिदेव जोशी, सूर्य ढकाल, सुनिता वराल, सीमा क्षेत्री, सीता लामा, सावित्रा अर्याल, सहदेव बोगटी, सविता यादव, सरिता भुसाल, सरिता खनाल, सरस्वती बस्नेत, सम्झना देवकोटा, सन्तोष शर्मा, शोभा ज्ञवाली, शिव कुमार गोतामले, शान्ति अधिकारी, सकुन्तला बस्नेत, विष्णुमाया विक, विष्णु रिजाल, विष्णु ढुंगाना, विद्यासुन्दर शाक्य, लालबहादुर थापा, लक्ष्मी गौतम, लक्ष्मण ज्ञवाली र रघुनाथ ओलीले संकटबो बेला अध्यक्ष ओलीको विकल्प खोज्न नहुने धारणा राखे ।

यस्तै, रूक्मणि राना, रामप्रित राम, राजीव पहारी, राजकुमार लेखी, रविन्द्र अधिकारी, रमेश बडाल, रत्नराज जोशी, यज्ञ बोगटी, मनमाया ढकाल, मेनुका काफ्ले, मेनुका कुमारी पोखरेल, मीना सिंह ढकाल, मीना उप्रेती, मानवीर राई र माधव ढुंगेलले ओलीको पक्षमा धारणा राखेका छन् ।

मञ्जु शर्मा चालिसे, मन्जुकुमारी थापा, भञ्जु भट्टराई, भूमेश्वर ढकाल, भूपेन्द्र बहादुर थापा, भारती पाठक, भागवत विश्वासी, भगवती न्यौपाने, बमबहादुर विश्वकर्मा, बधनी महतो, विमला अर्याल, विनोद शाह, विना राई, बालिका गिरी, बलविर प्रसाद चौधरी, बलराम अधिकारी, प्रभु हजारा, प्रभा कोइराला, प्रतीक्षा तिवारी, प्रेम तामाङ, पासाङ, शेर्पा, पार्वती रावल, पदम गिरी, प्रधानसिंह बोहरा, नैनकला ओझा, निर्मला देवकोटा निरुकुमारी कुँवर, नविन रोका मगर, विरबहादुर धामी, नवीन्द्र शाही धर्मदत्त देवकोटा र दीपक कार्कीले ओलीको पक्षमा धारणा राखेका छन् ।

बुधबार केन्द्रीय कमिटी बैठकको शुभारम्भ मन्तव्यमा अध्यक्ष ओलीले फेसबुकमा अभियान चलाउँदैमा राजीजामा नदिने बताएका थिए । ओलीले नेतृत्व लगायत उठेका सबै प्रश्नको जवाफ महाधिवेशनमा खोजिनु पर्ने धारणा राखेका थिए ।

एमालेले आगामी मंसिर २७ देखि २९ गतेसम्मका लागि महाधिवेशनको मिति तोकेको छ । केन्द्रीय कमिटी बैठक भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

सम्बन्धित

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

बाघ हेर्न गाभर भ्याली होमस्टे

सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

मतदाता नामावली दर्ताका लागि पाँच दिन थप : साढे २ लाखभन्दा धेरै नयाँ मतदाता थपिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com