काठमाडौं, २९ असोज । सुरक्षाकर्मीको हतियार लुटपाट गरी प्रदर्शन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भदौ २४ गते भएको प्रदर्शनका क्रममा प्रहरीको एसएलआर ‘सेल्फ लोडिङ राइफल’ लुट्ने ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय राजु परियार उर्फ सम्राट् पक्राउ परेका हुन्।
उनले एसएलआर ‘सेल्फ लोडिङ राइफल’ बोकेर सिंहदरबार मुल गेट अगाडि लगायतका विभिन्न स्थानमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरी क्षति पुर्याएको प्रहरीले जनाएको छ।
उनी यसअघि पनि विभिन्न समयमा बैंकिङ कसूर तथा ठगी कसूरमा संलग्नता रहेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौं सूचना अधिकारी पवन कुमार भट्टराईले जानकारी दिए।








प्रतिक्रिया दिनुहोस्