ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भावी प्रधानसेनापतिका पीए र अनुसन्धानका एआईजीको श्रीमती भन्दै करोड ठग्ने पक्राउ


admin

काठमाडौं, २२ चैत । नेपाली सेनाको भावी प्रधानसेनापतिका पीए र राष्ट्रिय अनुसन्धान विभागका एआईजीको श्रीमती भन्दै एक करोडभन्दा बढी ठग्ने चार जना पक्राउ परेका छन् ।

प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे लमजुङ घर भई काठमाडौं तारकेश्वर बस्दै आएका मोहन दुरा, मनमैजु बस्ने पशुपति अधिकारी, तनहुँ व्यास बस्ने यमुना खड्का र वनस्थली बस्ने रमेश कुमाललाई पक्राउ गरेको जनाएको हो ।

उनीहरुले सेना, प्रहरी र राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिनेदेखि क्यानडा, अमेरिका, पोल्याण्ड पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुसँग एक करोडभन्दा बढी ठगी गरेका थिए । काठमाडौंका एसएसपी विश्वराज पोखरेलले यो गिरोहले राष्ट्रिय अनुसन्धान विभागको सिपाहीमा भर्ना गर्ने भन्दै दुई लाख, शान्ति मिसनमा पठाउने भन्दै दुई लाख तथा सेनाको सेकेण्ड लेफ्टिनेन्ट बनाइदिने भन्दै सात लाख लिएको देखिएको बताउनुभयो ।

त्यस्तै प्रहरीले नक्कली विद्यार्थी परिचयपत्र, सेना तथा प्रहरीको डकुमेन्ट र विश्वविद्यालयका नक्कली सर्टिफिकेट बनाउने बनाउन कीर्तिपुर पाँगास्थित टर्कुमान महर्जनलाई पक्राउ गरेको छ । महर्जनले एक दिनमा ५० भन्दा बढी विभिन्न कलेजका खासगरी त्रिभुवन विश्वविद्यालयका परिचयपत्र बनाउँदै आएको प्रहरीले जनाएको छ । महर्जनले विद्यार्थी परिचयपत्रसँगै वृद्धावृद्धाको कार्ड, सेना–प्रहरीको कार्ड, शैक्षिक योग्यताको प्रमाणपत्रसमेत बनाउँदै आएको खुलेको काठमाडौंका एसएसपी पोखरेलले बताउनुभयो ।

सरकारी छापको दुरुपयोग गरेर विभिन्न कागजात बनाउँदै आएका महर्जनलाई अहिले सार्वजनीक अपराध ऐनअन्र्तगत मुद्दा चलाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । त्यस्तै प्रहरीले मंगलबार नियन्त्रणमा लिईएको ना ६ ख ६३०२ को बस बाट थप तीस लाख बरावरको सामान फेला पारेको छ । यसअघि बिहीबार उक्त बसमा खानतलासि गर्दा फल्स बटमबाट रक्तचन्दन फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भीषण वर्षापछि दोखलाको विगुमा पहिरो झर्‍यो, खोलिखिम बजारमा केही घर पुरिए

दोलखा — भीषण वर्षापछि दोखलाको विगु गाउँपालिका ४ मा पहिरो झरेको छ । पहिरोले खोलिखिम बजारमा केही घर पुरिएको प्रहरीले जनाएको छ । चारैतिर वर्षासहित

१६५ क्षेत्रको शक्ति सन्तुलन : वाम गठबन्धन भए १३०, लोवाम गठबन्धन भए १२५, साना दल संकटमा !

काठमाडौं २५ साउन । आगामी मंसिर ४ गते संघीय निर्वाचन हुने भएपछि सत्तारुढ पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले आफू अनुकूलको गठबन्धन बनाउने कोशिश

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

काठमाडौं, २५ साउन । बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका–९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत

सम्बन्धित

भीषण वर्षापछि दोखलाको विगुमा पहिरो झर्‍यो, खोलिखिम बजारमा केही घर पुरिए

१६५ क्षेत्रको शक्ति सन्तुलन : वाम गठबन्धन भए १३०, लोवाम गठबन्धन भए १२५, साना दल संकटमा !

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगमाथि अध्ययन छिट्टै सक्न सभामुखको आग्रह

बालाजुमा आगलागी : घटनाको थप विवरण आउन बाँकी

भक्तपुरको मनोहरा खोला बस्तीमा पसेपछि…

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com