काठमाडौं, २१ असोज । नेपालका तीन कम्युनिस्ट पार्टीलाई पुनर्गठन गर्न माग गर्दै २८ जना युवाहरुले आह्वान गरेका छन्। आज संयुक्त आह्वान पत्र जारी गर्दै उनीहरुले दल पुनर्गठनको काममा ढिलाइ नगर्न भनेका हुन्।
नेकपा (एमाले०, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)मा आबद्ध २८ युवाले दलहरूको पुनर्गठन गर्न भनेका छन्।
एमाले केन्द्रीय सदस्यद्वय उषाकिरण तिम्सिना, अरविन्द सिंहसहितका युवाले दलहरूलाई पुनर्गठन गर्ने काममा ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो-तेस्रो तहका नेताहरूलाई आग्रह गरेका छन्।
उनीहरुले भदौ २३, २४ गते भएको जेनजी आन्दोलनको सन्देशअनुसार अघि बढ्न पनि आग्रह गरेका छन्।









प्रतिक्रिया दिनुहोस्