ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज देखि हेटौँडा हुँदै काठमाडौँ आउने बाटोमा चार दिनसम्म राति आवागमन रोक


एबीसी न्यूज
आश्विन १७, २०८२ शुक्रबार  ७ : ४७ बजे

काठमाडौं, १७ असोज । मकवानपुर प्रशासन कार्यालयले हेटौंडाबाट काठमाडौं जाने सवारी साधनलाई शुक्रबारदेखि चार दिनसम्म राति आवतजावत गर्न रोक लगाएको छ। असोज १७ देखि २० गतेसम्म चार दिन अत्याधिक वर्षाको सम्भावना भएकाले मकवानपुर प्रशासनले हेटौँडा भएर काठमाडौँ आउने बाटोमा रातिको समयमा सवारी आवागमनमा रोक लगाएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञानद्वारा मौसमको पूर्वानुमान अनुसार मकवानपुर जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेकाले जनधनको क्षति हुन नदिन हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई राति आवतजावतमा रोक लगाएको बताएको छ। त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने, भैसे भीमफेदी हुँदै राजधानी प्रवेश गर्ने तथा कान्ति राजपथसमेतमा यस्तो रोक लगाइएको हो। त्रिभुवन राजपथ र भिमफेदी हुँदै काठमाडौँ पस्ने बाटोमा शुक्रबार अपरान्ह ५ बजेदेखि बिहान ६ बजेसम्म आवतजावतमा रोक लगाइएको छ। कान्ति राजमार्गमा भने शुक्रबार अपरान्ह ४ बजेदेखि बिहान ६ बजेसम्म आवतजावतमा गर्न रोक लगाएको छ। भारी वर्षा हुने सम्भावना रहेकाले धनजनको क्षति हुन नदिन राति सवारी साधन आवतजावतमा रोक लगाइएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com