ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प र नेतन्याहूबीच गाजा युद्धविराम गर्ने सहमति: युद्धविरामका लागि ट्रम्पले तयार गरेका यस्ता छन् २० बुँदा


एबीसी न्यूज
आश्विन १४, २०८२ मंगलबार  ११ : ४२ बजे

काठमाडौं, १४ असोज । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गाजा संघर्ष विरामका लागि सम्झौता भएको छ।
ट्रम्पले युद्धविराम सहमतिलाई हमासले नस्वीकारे उनीहरूको समूल अन्त्य गर्न इजरायल स्वतन्त्र रहने र त्यसलाई अमेरिकाले पूर्ण सहयोग गर्ने बताएका छन्।
नेतन्याहू र र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार वाशिङ्टन डी।सी।मा भेट वार्ता भएको थियो। त्यसपछि दुवै नेताले पत्रकार सम्मेलन गरेर सम्झौता बारेमा जानकारी दिएका हुन्। ट्रम्पले युद्धविरामका लागि २०– बुँदे योजना तयार गरेका छन्।
नेतन्याहूले सम्झौतापछि भने, ‘गाजामा एक शान्तिपूर्ण प्रशासन हुने छ। हमासका सबै हतियार हटाइने छन् र इजरायल क्रमिक रूपमा गाजाबाट पछि हट्ने छ।’

साथै उनले चेतावनी दिंदै भने यो काम सजिलो तरिकाले सम्झौताका माध्यामबाट पनि हुनसक्ने र नभए कठिन तरिकाले भए पनि अवश्य पूरा गर्ने बताए। उनले भने, ‘यदि हमासले यो योजना मान्दैन भने इजरायलले आफैं यो काम पूरा गर्ने छ।’

यसैबीच, हमासले औपचारिक पत्र प्राप्त नभएको भन्दै हतियार फाल्न अस्वीकार गरेको छ। तर प्यालेस्टिनी सरकारले भने ट्रम्पको योजनाको स्वागत गरेको छ।

यस्ता छन् ट्रम्पले तयार गरेका २० बुँदा

पत्रकार सम्मेलनमा डोनाल्ड ट्रम्पले गाजामा युद्ध रोक्ने, सबै बन्दीहरूलाई मुक्त गर्ने र प्रशासन सञ्चालनका लागि अस्थायी बोर्ड बनाउने प्रस्ताव प्रस्तुत गरेका छन्। यो बोर्डको अध्यक्षता ट्रम्प स्वयंले गर्नेछन् भने पूर्व ब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयर पनि सहभागी हुने छन्। यस्ता छन् २० बुँदा

तुरुन्त युद्धविराम: इजरायल र हमासबीच सहमति हुनासाथ गाजामा युद्ध बिराम।

इजरायलको फिर्ती: सहमति अनुसार इजरायली सेना विस्तारै गाजाबाट बाहिरिने छ।

बन्दीहरूको रिहाइ: हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दीहरू ९जीवित र मृत दुवै० छोड्नु पर्ने।

कैदीहरूको रिहाइ: युद्ध सकिएपछि इजरायलले गाजामा आजीवन कारावास काटिरहेका २५० जना र अन्य १७०० कैदीलाई छोड्ने छ।

शवको आदान–प्रदान: प्रत्येक मृत इजरायली कैदीका बदलामा १५ जना मृत प्यालेस्टिनी कैदीहरूको शव फर्काइने छ।

गाजालाई आतंकमुक्त बनाइनेस् गाजाबाट हमासका सबै संरचना र हतियार हटाइने छन्।

हमास प्रशासनमा हुने छैन: हमास र अन्य लडाकुहरू गाजा सरकारमा सहभागी हुने छैनन्।

अन्तरिम प्रशासन समिति: योग्य व्यक्तिहरू समावेश हुने अस्थायी प्राविधिक समिति गाजामा प्रशासन चलाउने छ।

शान्ति बोर्ड गठनस् बोर्डको अध्यक्षता अमेरिकी राष्ट्रपति ट्रम्पले गर्नेछन्, जसमा बेलायती पूर्व प्रधानमन्त्री टोनी ब्लेयर र अन्य देशका नेताहरू रहने छन्।

पुनःनिर्माण योजना: बोर्डले गाजाको विकास र पुनर्निर्माणको योजना तयार पार्नेछ र यसको खर्च व्यहोर्ने छ।

मानवीय सहयोग: गाजालाई तत्काल पर्याप्त मानविय सहयोग उपलब्ध गराइने छ।

विशेष व्यापार क्षेत्र: गाजामा विशेष व्यापारिक क्षेत्र खोलिनेछ, जसले रोजगार बढाउने छ।

जनताको स्वतन्त्रता: कसैलाई गाजा छोड्न वा फर्कन रोकिने छैन।

सुरक्षा बल तैनाथी: अन्तर्राष्ट्रिय सुरक्षा फौज गाजामा सुरक्षाको जिम्मेवारी लिने छ।

प्रहरी तालिम: अन्तर्राष्ट्रिय फौजले गाजाको प्रहरीले तालिम र सहयोग पाउने छ।

सीमा सुरक्षा: इजरायल र इजिप्टको सीमामा सुरक्षा बलियो बनाइने छ।

लडाइँ बन्द: युद्ध रोकिएपछि हवाई हमला र गोलाबारी तत्काल रोकिनेछ।

मानव अधिकार सुनिश्चित: अन्तर्राष्ट्रिय संस्थाहरूले गाजामा सहयोग र सुरक्षाको निगरानी गर्ने छन्।

शान्ति वार्ता: इजरायल र प्यालेस्टिनबीच शान्तिका लागि संवाद सुरु हुने छ।

भविष्य योजना: गाजामा स्थायी शान्ति, विकास र राम्रो जीवन सुनिश्चित गर्ने यस प्रस्तावको मूल उद्देश्य हुने छ।

उक्त २० वुँदे जानकारी दिएपछि ट्रम्प र नेतान्याहूले प्रेस सम्मेलनमा पत्रकारहरूको प्रश्न भने लिएनन्। ट्रम्पले भने, ‘अहिले कागजातमा हस्ताक्षर नभएसम्म र सबै कुरा पक्का नभएसम्म प्रश्न लिन उपयुक्त हुँदैन।’

ट्रम्पले नेतान्याहूलाई सोधे, ‘के तपाईं केही इजरायली पत्रकारहरूको प्रश्न लिन चाहनुहुन्छरु’ यसमा नेतान्याहूले भने ‘म तपाईंको निर्णयमा विश्वास गर्छु।’ त्यसपछि पत्रकारहरूले प्रश्न सोध्न थाले तर दुवै नेताहरूले हात मिलाए र त्यहाँबाट निस्किए।

नेतन्याहूले मागे कतारसँग माफी

नेतान्याहूले सोमबार दोहा हमलाबारे कतारसँग माफी मागेका छन्। ट्रम्पको आग्रहमा उनले ह्वाइट हाउसबाट कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीलाई फोन गरेका थिए।

प्रेस सम्मेलनमा नेतन्याहूले भने ‘मैले फोनमा कतारका प्रधानमन्त्रीलाई भनेँ कि इजरायल आतंककारीहरूलाई मारिरहेको थियो, कतारलाई होइन। आक्रमणमा कतारका नागरिकको मृत्यु हुनु दुःखद छ।’

इजरायली सेनाले सेप्टेम्बर ९ मा, अर्थात् २० दिनअघि, दोहामा हमासका प्रमुख खलील अल हय्यालाई लक्षित गरेर आक्रमण गरेको थियो। त्यस आक्रमणमा अल(हय्या भने बच्न सफल भए तर ६ जना मारिएका थिए, जसमा एक जना कतारका सुरक्षा अधिकारी पनि थिए। त्यसपछि कतार इजरायलसँग रुष्ट भएको थियो। ट्रम्पले पनि असन्तुष्टि जनाएका थिए।

नेतन्याहूले कतारको सार्वभौमिकताको उल्लंघन भएको र त्यहाँका अधिकारीको मृत्यु भएकोमा दुःख प्रकट गरे। यो माफी गाजामा शान्ति वार्ता पुनः सुरु गर्ने प्रयासको हिस्सा हो, किनकि हमलापछि कतारले हमास र इजरायलबीचको मध्यस्थता रोकिदिएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com