काठमाडौं, १३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा चुनाव, त्यसपछि संसद् र सरकारको निरन्तरताका लागि अपिल गरेका छन् ।
बडादशैं २०८२ को शुभकामना सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् ।
‘तोकिएको निर्वाचन समयमै सम्पन्नक गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गरी मुलुकमा उत्पन्नि सबै प्रकृतिका समस्यहरूको हल गर्न तथा यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून्,’ राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख छ ।
गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । प्रतिनिधि सभाबाट अर्को सरकार बन्न सक्ने अवस्था बनेन । त्यसपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिनिधि सभाको अर्को चुनाव आगामी फागुन २१ गतेका लागि तोकिएको छ ।








प्रतिक्रिया दिनुहोस्