ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तमिलनाडुमा अभिनेता विजय थलपतिको र्यालीमा भागदौड मच्चिदा ३८ को मृत्यु


एबीसी न्यूज
आश्विन १२, २०८२ आईतबार  ७ : ३२ बजे

काठमाडौँ, १२ असोज । तमिलनाडुमा विजय थलपतिको चुनावी र्यालीमा भागदौड हुँदा ३८ जनाको मृत्यु, ५८ भन्दा बढी घाइते भएका छन्।
घटनापछि करुरमा उद्धार कार्यका लागि विशेष प्रहरी बल खटाइएको र मुख्यमन्त्रीले उपचारमा जोड दिएका छन्।
आयोजक टिभिकेले १० हजार मानिस आउने अपेक्षा गर्दा १ लाख २० हजार मानिस सहभागि भएको थियो।
दक्षिण भारतिय राज्य तमिलनाडुको करुरमा शनिबार अभिनेता विजय थलपतिको सभामा भागदौड मच्चिदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ। राजधानी चेन्नईबाट लगभग ४०० किलोमिटर दक्षिणपश्चिममा रहेको करुरमा विजयको चुनावी र्‍यालीमा भएको भागदौडमा मृत्यु हुनेमा १६ महिला तथा ८ बालबालिका समेत रहेका छन्।

तमिलनाडुका स्वास्थ्य मन्त्री एम ए सुब्रमणियनले घटनामा ५८ भन्दा बढी घाइते भएको जानकारी दिए। थलपति तमिलगा वेट्रि कजगम (टिभिके) का अध्यक्ष समेत हुन्।

उनको र्यालीमा ठुलो मात्रामा मानिसहरु पुगेका थिए। कार्यक्रम अघि बढ्दै जाँदा एक ९ वर्षीय बच्ची हराएको जानकारी थलपतिले पाएका थिए। लगतै उनले मञ्चबाट उनको खोजी गर्नका लागि अपिल गरेका थिए। लगतै भागदौड मच्चिएको जनाइएको छ। भीडमा फस्दा निस्सासिएर धेरैको मृत्यु भएको जनाइएको छ।

धेरै जना बेहोस भएकाहरुलाई करुर मेडिकल कलेज तथा वरिपरिका निजी अस्पतालहरूमा पुर्याइएको थियो। तमिलनाडु मुख्यमन्त्री एम के स्टालिनले करुरमा भएको घटना गम्भीर भएको बताए। मुख्यमन्त्री एम।के। स्टालिनले घाइतेको उपचारमा कुनै कमि नगर्न निर्देशन दिएका छन्।

शनिबार राति करुरमा राहत तथा उद्धार कार्यका लागि विशेष प्रहरी बलको थप टोली पठाइएको भारतिय पत्रिका द हिन्दूले उल्लेख गरेको छ। टिभिकेले आफ्ना नेता विजयको रोड शोका लागि प्रहरीसँग अनुमति माग्दा जम्मा १० हजार मानिस मात्र आउने अपेक्षा गरेको थियो।

टिभिकेले लेखेको पत्रमा भनिएको छ, ‘हामीले इन्जिनियरको सहयोगमा लाइट हाउस राउन्डटाना नजिकको क्षेत्र अध्ययन गरेका छौं। यो क्षेत्र १,२०,००० वर्गफुट छ र ६०,००० मानिस अटाउन सक्छ। तर हामीलाई जम्मा १०,००० मानिस मात्र आउने अपेक्षा छ।’ पत्रमा भनिएको थियो। तर प्रहरीले ५० हजार मानिस आउने अनुमान गरेको थियो। तर र्यालीमा १ लाख २० हजार भन्दा बढी मानिस सहभागि भएका थिए। विभिन्न दलका नेताहरुले मृतक प्रति श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com