काठमाडौँ, १२ असोज । कोशी र बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशको पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भू(भागका एकरदुई स्थानमा मध्यम वर्षाका सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू(भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, आइतबार राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी भू(भागका एकरदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्