ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसैको घरलाई निसाना बनाउनु समाधान होइनः गुरुङ


एबीसी न्यूज
आश्विन ११, २०८२ शनिबार  ७ : ०७ बजे

काठमाडौं, ११ असोज । हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङले हिंसा वा कसैको घरलाई निसाना बनाउनु समाधान नभएको बताएका छन् । यस्ता कार्यले देशलाई अझै ठूलो क्षति पुर्‍याउन सक्ने उनले उल्लेख गरेका छन् ।
“मलाई थाहा छ, अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ । तर, हिंसा वा कसैको घरलाई निसाना बनाउनु समाधान होइन,” उनले शनिबार (असोज ११) सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठूलो क्षति पुर्‍याउन सक्छन् र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन् ।”

देशमा निर्वाचनको मिति तोकिएको र त्यो नै युवाको शक्ति, एकता र दृष्टि देखाउने अवसर भएकामा उनले जोड दिएका थिए । “त्यसैले शान्तिपूर्ण तरिकाले, अनुशासनका साथ र साहसका साथ त्यस दिनको तयारीमा हाम्रो ऊर्जा प्रयोग गरौँ,” उनले भनेका छन् ।

जेनजीको आन्दोलन घृणाको नभई आशाको भएको उनले स्पष्ट पारेका छन् । शान्त र दृढ रहन उनले आग्रह गरेका छन् ।

“हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन । निर्माणको हो, विनाशको होइन,” उनले लेखेका छन्, “सम्पूर्ण देशलाई देखाऔँ कि जेन जेड क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ । शान्त रहौँ, दृढ रहौँ, जय देश ।”

गएको भदौ २३ र २४ गते जेनजी आन्दोलन र त्यसपछि अन्तरिम सरकार गठनका क्रममा हामी नेपाल अगाडि देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com