ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले नेताहरूलाई राष्ट्रपतिले भने, ‘चुनाव अब निर्विकल्प’


एबीसी न्यूज
आश्विन ११, २०८२ शनिबार  ७ : ३७ बजे

काठमाडौं, ११ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले आफूले कठिन राजनीतिक परिस्थितिलाई सम्हालेर चुनावमा जाने ढोका खोलेको भन्दै एमाले नेताहरूलाई यस अवसरलाई जिम्मेवारीपूर्वक प्रयोग गर्न सुझाव दिएका छन्।

जेन–जी आन्दोलनपछि मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको बेला बिहीबार शीतल निवासमा एमालेका शीर्ष नेताहरूसँग करिब दुई घण्टा उनले भेटघाट गरे। त्यसमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक दलहरूको भूमिकालाई अझ सबल बनाउन आग्रह गरेका हुन्।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललगायत नेताहरूले राष्ट्रपति निवास पुगेका थिए। उनीहरूले आन्दोलनपछिको राजनीतिक परिस्थिति, अन्तरिम सरकारको भूमिका र आगामी कोर्सबारे विस्तृत धारणा राखे । दलहरूलाई बेवास्ता गरेर सरकार अघि बढ्ने आशंका बढेको भन्दै उनीहरूले संवैधानिक सीमा भित्रैबाट राष्ट्रपतिले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने सुझाव दिए।

‘संविधान र लोकतान्त्रिक गणतन्त्र यथावत् छन्। यस्तो अवस्थामा बनेको सरकारले ती आधारभूत मूल्यहरूलाई कमजोर पार्ने गरी अघि बढ्नु हुँदैन,’ स्रोतका अनुसार, उनीहरूले बताएका थिए, ‘राजनीतिक दलहरूको भूमिकालाई कमजोर बनाउने प्रयास भयो भने त्यो लोकतन्त्रका लागि घातक हुनेछ।’

एमाले नेताहरूले अन्तरिम सरकारले निर्वाचन मिति घोषणा गरे पनि संवाद, समन्वय र विश्वास निर्माणमा ध्यान नदिएको गुनासो राष्ट्रपतिसमक्ष राखेका थिए। उनीहरूका अनुसार चुनाव सफल पार्न राजनीतिक दलहरूको सहमति र सक्रियता अपरिहार्य छ, तर सरकार त्यस दिशामा अघि बढ्ने संकेत देखिँदैन।

राष्ट्रपतिले राजनीतिक दलहरूको कमजोरीका कारण अहिलेको परिस्थिति सिर्जना भएको उल्लेख गर्दै दलहरूलाई बेवास्ता गरेर लोकतन्त्र अघि बढाउन नसकिने सन्देश दिए। उनले घोषित मितिमा चुनाव गराउन एमालेको सहयोग अपरिहार्य हुने भन्दै दलहरूलाई जिम्मेवारीपूर्वक भूमिका खेल्न आग्रह गरे। एमाले नेताहरूले संविधान र लोकतन्त्र जोगाउन राष्ट्रपति पौडेलले संकटको बेला खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com