ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की


एबीसी न्यूज

काठमाडौं, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलोपटक देशवासीका नाममा सम्बोधन गर्न लागेकी हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उनले सम्बोधनमा गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि उत्पन्न परिस्थिति, भदौ २४ गतेको तोडफोड र आगजनी, त्यसको पुनर्निर्माण तथा तत्कालीन सरकार पक्षबाट भएको दमनलगायत विषय समेट्नेछिन्।

यसैबीच सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने मिति घोषणा गरेको छ। प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन राजनीतिक दलबीच सहमति र समझदारी आवश्यक रहेको बताउँदै सबैलाई आह्वान गर्ने तयारी गरेकी छन्।

उनको सम्बोधनमा आन्दोलनका क्रममा निधन भएका ७४ जनाका परिवारलाई राहत, घाइतेहरूको उपचारलगायत विषय पनि समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

सरकारले यसअघि नै प्रतिमृतक परिवारलाई १५–१५ लाख रुपैयाँ राहत उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com