चितवन, १७ साउन । चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा साउन २० गते फेरी मतदान हुने भएको छ ।
जिल्लमा कृयाशील राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालय चितवबीचको सर्वदलीय बैठकले साउन २० गते फेरी मतदान गर्ने निर्णण गरेको हो । फेरी निर्वाचन हुने भएपछि १९ नम्बर वडामा फेरी चुनावी सरगर्मी बढेको छ । आज राती देखी नै मौन अवधि सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
भरतपुर १९ नम्बर वडाका ३ हजार ७ सय ५७ मतदातामा रहेका छन् । तिनै मतदाताले भरतपुर महानगरको आगामी पाँच वर्षका लागि नेतृत्व चुन्नेछन् ।
प्रतिक्रिया दिनुहोस्