ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एशिया कप टी–२० क्रिकेटको सुपर–४ मा पाकिस्तानले श्रीलङ्कालाई हरायो


एबीसी न्यूज
आश्विन ८, २०८२ बुधबार  ८ : ४९ बजे

काठमाडौं, ८ असोज । एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ को खेलमा पाकिस्तानले श्रीलङ्कालाई हराएको छ । गएराति भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पाँच विकेटले हराएको हो ।

श्रीलङ्काले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो । पाकिस्तानका मोहम्मद नवाजले अविजित ३८ र मोहम्मद हुसेनले अविजित ३२ रन बनाए । श्रीलङ्काका वानिन्दु हसरंगा डे सिल्भा र महेश थेक्षानाले समान दुई तथा दुष्मन्थ चमेराले एक विकेट लिए ।

त्यसअघि खेल अबुधाबीमा टस हारेर ब्याटिङ गरेको श्रीलङ्काले आठ विकेट गुमाएर एक सय ३३ रन बनायो । श्रीलङ्काका कामिन्दु मेन्डिसले ५० रन बनाए । पाकिस्तानका शाहीन शाह अफ्रिदीले तीन, हरिस रउफ र मोहम्मद हुसेनले समान दुई तथा अबरार अहमदले एक विकेट लिए ।

यो जीतसँगै पाकिस्तान सुपर–४ को तालिकामा दुई खेलमा दुई अङ्कसहित दोश्रो स्थानमा उक्लिएको छ । समान खेलमा जीतविहिन श्रीलङ्का पुछारमा छ । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन् । एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ मा आज भारत र बङ्गलादेश खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com