ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसपालि हिले दसैं हुने सम्भावना छ– मौसमविद्


एबीसी न्यूज
आश्विन ५, २०८२ आईतबार  ७ : ३५ बजे

काठमाडौं, ५ असोज । आइतबारबाट पितृ पक्ष अर्थात् सोह्र श्राद्ध सकिँदैछ। सोमबारबाट दसैं प्रारम्भ हुँदैछ। सोमबार घटस्थापना हो।दसैं सुरू हुने पूर्वसन्ध्यामा मौसम केही उघ्रिएको छ। देशव्यापी रूपमा मनसुन कमजोर हुँदा कतैकतै घाम लागेको छ।बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी र मधेसमा वर्षा भएको देखिएको छैन। मौसमविद् विनोद पोखरेलले घटस्थापनादेखि फूलपातीसम्म (एकहप्ता) मनसुन त्यति सक्रिय हुने सम्भावना देखेका छैनन्। यद्यपि साँझ तथा राति केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भने छ। ‘भोलि घटस्थापनादेखि एक हप्तासम्म मौसम त्यति सक्रिय देखिँदैन तर साँझ तथा बेलुका केही ठाउँमा वर्षा हुने सम्भावना बाँकी नै छ,’ उनले भनेका छन्। फूलपातीदेखि दसैंको टीकासम्म भने मौसम फेरि सक्रिय हुने सम्भावना देखिएको छ। जसका कारण नेपालभरि हिले दसैं हुने सम्भावना रहेको उनले बताएका छन्।

‘अर्को हप्ता दसैंको मध्य बेलामा मौसम फेरि सक्रिय हुने देखिन्छ। जसका कारण नेपालभरि हिले दसैं हुने सम्भावना धेरै रहेको छ,’ उनले प्रक्षेपण गरेका छन्। विभिन्न मोडलहरूको अध्ययनमार्फत् उनले यो विश्लेषण गरेका हुन्।

मौसमविद्ले यसपटक मनसुन बाहिर समय लाग्ने पनि प्रक्षेपण गरेका छन्। अघिल्लो वर्ष १२ अक्टोबरमा मनसुन बाहिरिएको थियो। यसपटक सरदरभन्दा १५ (जेठ १५) दिन अगावै मनसुन भित्रिए पनि अझै दुई हप्तापछि मात्रै मनसुन बाहिरिने उनीहरूले प्रारम्भिक आकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जबजका सामू लोकप्रियतावाद र अराजकतावादको चुनौति केही समयका पाहुना हुन्ः एमाले महासचिव

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने :बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी

सम्बन्धित

जबजका सामू लोकप्रियतावाद र अराजकतावादको चुनौति केही समयका पाहुना हुन्ः एमाले महासचिव

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com