ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलाई लामाद्वारा नेपालकी नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई


एबीसी न्यूज
भाद्र २८, २०८२ शनिबार  ७ : ५९ बजे

काठमाडौँ २८ भदौ । भातरको तिब्बतमा निर्वासित जीवन विताइरहेका बुद्ध धर्मगुरु दलाई लामाले नेपालको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीलाई बधाई पत्र पठाएका छन् ।

भारतको धर्मशालास्थित थेक्छेन छोलिङबाट पठाइएको पत्रमा दलाई लामाले नेपाली र तिब्बती जनताबिचको ऐतिहासिक सम्बन्धको स्मरण गरेका छन् । उनले पत्रमा लेखेका छन्, ‘तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनताबिच ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहेको छ ।’

कुनै नेपाली प्रधानमन्त्री नियुक्त भएकोमा पहिलो पटक दलाई लामाले नेपाल सरकार र नेपाली जनताप्रति विशेष कृतज्ञता व्यक्त गर्दै लेखेका छन्, ‘नेपाल सरकार र नेपाली जनताले सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भागेका तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकोमा म धेरै आभारी छु।’

उनले तिब्बती समुदाय सानो भए पनि नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याइरहेको विश्वास व्यक्त गरेका छन् । आफ्नो पत्रमा लामाले नेपालले वर्षौंदेखि जीवनका सबै क्षेत्रमा उल्लेख्य विकास र बढ्दो समृद्धि हासिल गरेको उल्लेख गरेका छन् । ‘यस्ता उपलब्धिहरूले गरिब र खाँचोमा परेका मानिसहरूको जीवनमा साँच्चै सुधार ल्याउँदा अझ अर्थपूर्ण हुन्छ,’ पत्रका उल्लेख छ ।

लामाले आफ्नो पत्रको अन्त्यमा प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिँदै भनेका छन्, ‘यी चुनौतीपूर्ण समयमा नेपालका जनताको आशा र आकाङ्क्षाहरू पूरा गर्न तपाईंलाई हरेक सफलता मिलोस् भन्ने कामना गर्दछु । मेरा प्रार्थना र शुभकामनाहरू तपाईंसँग छन्।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

राष्ट्रपति पौडेल आइतबार जापान जाने, मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत

एमालेले घोषणापत्र बनाउँदै, विज्ञसँग गर्‍यो छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com