काठमाडौ २५ भदौ । नेपाली सेनाले आन्दोलनका कार्यक्रम स्थागित गरी वार्तामा आउन जेनजीलाई नेपाली सेनाको आग्रह गरेको छ।
प्रधान सेनापति अशोकराज सिग्देलले भिडिओ सन्देश जारी गरी वार्ताका लागि आह्वान गरेका हुन्।
आन्दोलनका क्रममा अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सिग्देलले धेरै जनधनको क्षति भइसकेको हुँदा क्षति हुन नदिन र शान्ति सुरक्षा, अमन चयन र शान्ति कायम गर्नु सबैको जिम्मेवारी रहेको बताएका छन्।








प्रतिक्रिया दिनुहोस्