काठमाडौ २४ भदौ । जेनजी आन्दोलनमा दमन गर्दै १९ युवा मारेपछि सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल खुलाएको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारले दर्ता हुन नमानेको भन्दै यसअघि बन्द गरिएका मेटा, एक्सलगायत सामाजिक सञ्जाल खुलाउने निर्णय गरेको हो।
जेनजीको सदाशयताका लागि सामाजिक सञ्जाल खुला गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्।
मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुलाउने निर्णय नगरे पनि पछि सत्तारुढ दलका नेताको दबाबमा सरकारले राति १० बजेपछि खुलाएको हो।
भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा प्रदर्शन गरेको थियो।








प्रतिक्रिया दिनुहोस्