काठमाडौं २३ भदौ, । काठमाडौं उपत्यकाका निजी विद्यालयहरु भोलि बन्द हुने भएका छन् । सोमबार जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरुले भोलि एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
साना तथा ठूला विद्यालयहरुले भोलि एक दिन विद्यालय नहुने सूचना अभिभावकहरुलाई पठाएका छन् ।
सोमबार जेनजीको प्रदर्शनका क्रममा १९ जनाको निधन भएको छ भने ४ सय बढी घाइते भएका छन् ।
यही घटनामा नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिन बाध्य भएका छन् ।








प्रतिक्रिया दिनुहोस्