काठमाडौं २३ भदौ, । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । घाइते भएपछि उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएका मध्ये २ प्रदर्शनकारीको केहीबेरअघि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। त्यस्तै ट्रमा सेन्टरमा ५ जना, काठमाडौँ मेडिकल कजेलमा १ जना गरी ८ जनाको मृत्यु भएको हो।दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।

जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।
दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो ।
अझै पनि प्रदर्शन रोकिएको छैन ।

अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ ।घाइतेहरूको संख्या यकिन भइसकेको छैन ।
पोखरा र भरतपुरमा पनि प्रदर्शन उग्र बनेपछि कफ्र्यु जारी गरेको छ । यसैबीच प्रधानमन्त्री ओलीले साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन । काठमाडौं उपत्यका तनावग्रस्त बनिरहेको छ ।

*continuing UPdate








प्रतिक्रिया दिनुहोस्