काठमाडौं २३ भदौं । सामाजिक सञ्जाल बन्द र शासकीय बेथिति विरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक बनेको छ । दिउँसो २ः५० बजेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।
प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ । अहिलेसम्म करिब एक सय भन्दा बढी घाइतेहरुको त्यहाँ उपचार भइरहेको छ । वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ ।
प्रहरीको गोली लागेर घाइतेभएपछि प्रदर्शनकारीहरुले काठमाडौंको बानेश्वर क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको छ । प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले दमन गर्न थालेपछि बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।
प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ । मध्यान्ह १२ बजेटबाट राती १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कर्फ्यू लगाइएको छ ।
तर कर्फ्यू आदेश अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् । प्रदर्शन पोखरा र भरतपुरमा उग्र बनिरहेको गृह मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्