काठमाडौं २३ भदौ । नयाँ बानेश्वर चोकमा प्रहरीको गोलीबाट एकजनाको निधन भएको खबर लगत्तै गोली लागेर अर्का एक जनालाई पनि गोली लागेको हो । गोली लागेका ती व्यक्तिको पहिचान भएको छैन । उनको अवस्था गम्भीर छ ।
नयाँ बानेश्वर चोकमा प्रहरीको गोली लागेर अर्का एक जनालाई पनि गोली लागेको हो । गोली लागेका ती व्यक्तिको पहिचान भएको छैन । उनको अवस्था गम्भीर छ ।
यसअघि प्रहरीको गोली लागेर एक जनाको निधन भइसकेको छ ।
नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना र एकजना कान्तिपुर टिभीका भिडियो पत्रकारसहितलाई पनि गोली लागेको छ । दजर्नौं प्रदर्शनकारी घाइते भएका छन् ।
घाइतेहरूलाई नयाँ बानेश्वर आसपासका अस्पतालमा पुर्याइएको छ ।
प्रशासनले दिउँसो साढे १२ बजेबाट कर्फ्यू आदेश जारी गरेको थियो । यद्यपि अहिले पनि प्रदर्शन रोकिएको छैन ।








प्रतिक्रिया दिनुहोस्